मानव अधिकारकर्मीलाई तत्काल रिहा गर्न तालिबानसमक्ष राष्ट्रसंघको माग « Khabarhub

मानव अधिकारकर्मीलाई तत्काल रिहा गर्न तालिबानसमक्ष राष्ट्रसंघको माग


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय सहायता नियोग युनामाले जरिफा याकुबी र अन्य मानव अधिकारवादीहरुलाई तत्काल रिहा गर्न तालिबानसँग माग गरेको छ ।

अफगानिस्तानमा शासन चलिइरहेको तालिबानले याकुबीसहितका मानव अधिकारवादीहरुलाई बन्दी बनाएको भन्दै युनामाले उनीहरुको अवस्था समेत अज्ञात रहेको जनाएको छ । अफगानिस्तानको खामा प्रेसका अनुसार युनामाले बन्दी बनाइएकाहरुलाई उनीहरुका परिवारको सम्पर्कमा ल्याउन समेत तालिबानसँग आह्वान गरेको छ ।

पछिल्लो समय तालिबानको शासनमा रहेको अफगानिस्तानमा मानव अधिकारको अवस्था निकै खराब हुँदै गएकामा चिन्ता व्यक्त भइरहेका बेला मानव अधिकारवादीहरु बन्दी बनाइएका हुन् ।

पत्रकार एवम् मानव अधिकारकर्मी समेत रहेकी याकुबीलाई राजधानी काबुलको दस्त ए बर्ची क्षेत्रबाट तालिबानले नियन्त्रणमा लिएको जनाइएको छ । तालिबानले नियन्त्रणमा लिएयता उनको मोबाइलमा समेत सम्पर्क हुन नसकेको जनाइएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ८ : २५ बजे

पर्यटकीय गाउँ धम्पुसमा पर्यटकीय आकर्षण 

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका– ७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा

१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज

काठमाडौं – विद्यार्थी आन्दोलनको १६ महिनापछि बंगलादेशले आज जननिर्वाचित सरकार

विश्वकपको अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा : ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि