आज २०७९ साल मंसिर २० गते मंगलबारको राशिफल « Khabarhub

आज २०७९ साल मंसिर २० गते मंगलबारको राशिफल


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०७९ साल मंसिर २० गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

मेष : राजनीति, आर्थिक र सामाजिक क्षेत्र यथास्थितिमा छ। जग्गामा गरेको लगानीबाट फाइदा मिल्नेछ।

वृष : बोल्दा विचार पुर्याउनुहोला। शिक्षाको क्षेत्रमा गरेको लगानीले उत्तम नतिजा दिनेछ।

मिथुन : धन लाभ हुनेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। व्यापार व्यवसायमा फाइदा हुनेछ। आज दक्षिणतिरको यात्रा नगर्नुहोला। शिक्षाको क्षेत्रमा भने राम्रो छ।

कर्कट : बोलीको प्रभाव बढ्नेछ। प्रशंसा गर्नेहरु बढ्नेछन्। प्रेममा सफलता मिल्नेछ। कुरा काट्नेहरु बढ्ने भएकाले सचेत हुनुपर्नेछ।

सिंह : दिन सामान्य छ। राजनीतिमा असहयोग हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए नजिता राम्रो मिल्नेछ।

कन्या : आम्दानी बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। पठनपाठनमा रुची बढ्नेछ। अन्य क्षेत्र भने सामान्य रहेको छ।

तुला : आम्दानीसँगै खर्च पनि बढ्नेछ। परिवारबाट सहयोग मिल्नेछ। अन्य क्षेत्र सामान्य रहे पनि शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट नतिजा पाइनेछ।

वृश्चिक : पारिवारिक सहयोग मिल्नेछ। बोल्दा विचार गर्नुहोला। निर्णय गर्ने अधिकार प्रत्यायोजन गर्नुहोला। राजनीति, सामाजिक, वैदेशिक क्षेत्रमा सामान्य राम्रो छ।

धनु : दिन सामान्य छ। अरुको भर नपर्नुहोला। धार्मिक क्षेत्रमा मन जानेछ। भगवान गणेशको स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ। प्रेममा भने धोका मिल्नेछ।

मकर : काममा सफलता मिल्नेछ। नयाँ योजनामा हात हाल्दा फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ। शत्रु बढ्नेछन्

कुम्भ : दिन सामान्य छ। कर्मभूमिमा डटेर अघि बढ्नुपर्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

मीन : आज थालेका कामबाट सफलता मिल्नेछ। स्वास्थ्यमा रहेको समस्या हट्नेछ। पठनपाठनमा जोश बढ्नेछ। आफन्तबाट भने जोगिनुपर्नेछ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ५ : ५४ बजे

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका