ताप्ली पोखरी क्षेत्रमा आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि  « Khabarhub

ताप्ली पोखरी क्षेत्रमा आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि 


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको ताप्ली गाउँपालिकाको ताप्ली पोखरीमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ । मौसम सुधार भएसँगै कात्तिकको पहिलो हप्तादेखि आन्तरिक पर्यटकको सङ्ख्यामा बढ्न थालेको ताप्ली-५ का विष्णुबहादुर तामाङले बताए । 

उनका अनुसार अहिले दैनिक सयौँको सङ्ख्यामा पर्यटकहरू पोखरी भ्रमण तथा पञ्चकन्या मन्दिरको दर्शन गर्न आउने गरेका छन् । यो जिल्लाको रौता पोखरीपछिको दोस्रो महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य हो । पछिल्लो समय यस क्षेत्रमा बनभोजका लागि पनि समूहहरू आउन थालेको स्थानीय कृष्ण परियारको भनाइ छ । किंवदन्तीअनुसार चारसय सय वर्षअघि पोखरी क्षेत्रमा ठूलो जङ्गल र चौँरीहरु थिए । एक दिन एकजना गोठालेले जङ्गलमा पाँच जना बालिकाहरू खेल्दै गरेको तर नजिक जाँदा अलप भएको घटना गाउँलेहरुलाई बताएका थिए । त्यसको भोलिपल्ट उक्त स्थानमा जाँदा पोखरी उत्पत्ति भएको स्थानीय डम्बर परियारको भनाइ छ । 

ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विकका अनुसार ताप्ली पोखरी क्षेत्र पाँच हेक्टर क्षेत्रफलमा फैलिएको छ । पोखरीको लम्बाइ तीन सय मिटर र चौडाइ ७० मिटर छ । पोखरी आसपासमा ठूला-ठूला रूख भए पनि पोखरीमा झरेका पात चराहरुले टिपेर सफा गर्ने गरेका छन् । ताप्ली पञ्चकन्या देवीको दर्शन गर्दा मनोकामना पुग्ने जनविश्वास छ ।

अहिले गाउँपालिकाको पहलमा ताप्लीमा मोटरबाटो पुगेपछि कटारी, गाईघाट, सप्तरी, सिरहा, धनुषा र सिन्धुली क्षेत्रबाट समेत दैनिक ठूलो सङ्ख्यामा पर्यटकहरू आउने गरेको गाउँपालिकाका पूर्वउपाध्यक्ष कमला राईले बताए । गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटन विकासका लागि ताप्ली क्षेत्रलाई गुरुयोजना नै बनाएर अघि बढाइएको गाउँपालिकाका अध्यक्ष विकले बताए ।

यस क्षेत्रमा हाल विद्युत् विस्तार र भ्यू टावर निर्माण भइरहेको छ । यस क्षेत्रमा प्रत्येक वर्ष कात्तिकदेखि वैशाखसम्म ५० हजारभन्दा धेरै पर्यटकहरूको आगमन हुने हुनाले यस क्षेत्रको पर्यटन विकास र प्रवर्द्धनमा प्रदेश सरकार र सङ्घीय सरकारसँग गुरुयोजनाका लागि बजेट माग गरिएको पूर्वप्रदेश सभासद् कला घलेले बताए ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  २ : १७ बजे

६५ मेगावाटको म्याग्दीखोला जलविद्युत आयोजना निर्माण सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत्

फिल्म सिरिज : सिक्वेलबाट चम्किएका कलाकार

काठमाडौं – सिक्वेलमा फिल्मको कथा पहिलो भागमा जहाँबाट अन्त्य भएको

कक्षा १२ को परीक्षा आजदेखि सुरु (तस्बिरसहित)

काठमाडौँ– माध्यमिक तह कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको

विश्वकप लिग-२ : आज कीर्तिपुरमा भिड्दै ओमान र यूएई

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज यूएई

दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने

कैलाली– युथ अफ टीकापुरले खुला महिला फुटबल प्रतियोगिता आयोजना गर्ने