वुढासुब्बा गोल्डकप : धरान सेमिफाइनलमा प्रवेश « Khabarhub

वुढासुब्बा गोल्डकप : धरान सेमिफाइनलमा प्रवेश


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– आयोजक धरान फुटबल क्लव २१ औ वुढासुब्बा रेडवुल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली भारतको डलहाउसी एथलेटिक क्लब कलकत्तलाई शुन्यका विरुद्ध २ गोलले पछि पार्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो ।

जितसँगै आयोजकले सेमिफाइनलमा फागुन १ गते सिएमजे संकटाको सामाना गर्ने छ । धरान रंगशालमा मंगलबार भएको तेस्रो क्वाटरफाइनलमा आयोजकको जितका लागी मिलन राई र वर्तमान राईले गोल गरेका थिए । खेल शुरु भएको ९ औ मिनेट विपक्षिको मिस पासलार्ई सदुययोग गर्दै सेन्टर वाट एक्लै लगेर जाली चुमाएकामा थिए ।

उनको गोलसगै अग्रता लिएको आयोजकका लागि अन्तिम तथा निर्णायक गोल डिफेन्स योगेश राईको लामो पासलाई सदुपयोग गर्दै खेलको म्यानअफदि म्याच वर्तमान राईले २३ औ मिनेटमा चिफ प्रहार गर्दै आफ्नो टिमको जित निश्चित गरेका थिए ।

म्यानअफदि म्याच राई लाई युवा व्यवसायी देवराज राईले नगद १५ हजार पुरस्कार प्रदान गरे । सुरुवातमा राम्रो प्रदर्शन गर्न नसकेको कोलकक्ताले दोस्रो हाफमा राम्रो प्रदशन गरेको भए पनि स्कोर निकाल्न नसक्दा पहिलो चरणबाटै घर फर्कन बाध्य भएको हो ।

पहिलो हाफको ३२ औ मिनेटमा डि एलेनाको पासमा ए रोय ले डि वक्स भित्र वान भर्सेज वानमा चुके, उनको प्रहार आकशिएको थियो भने दोस्रो हाफको ११ औं मिनेटमा टि अनिष्टे भाइलेण्ट को उत्कृष्ट प्रहार विपक्षिगोल रक्षक विनय श्रेष्ठले पञ्च गरेर विफल तुल्याइदिए ।

बुधबारको अन्तिम क्वाटर फाइनल खेल शसस्त्र प्रहरीको एपिएफ ले मनोकामना आहा गोल्डकप विजेता दाउफिन्स क्याम्रोनको सामना गर्नेछ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ६ : ५३ बजे

भासिएको चार महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

दमौली– मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको

युट्युबको आलोचना : अष्ट्रेलियाको १६ वर्षमुनि सामाजिक सञ्जाल प्रतिबन्ध जल्दबाजीको निर्णय

एजेन्सी– युट्युबले बुधबार अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि लाग्ने

ओलीलाई काउन्टर दिन युवाहरूको अलग्गै फोर्स बनाउँदै पोखरेल समूह

काठमाडौं- जेन-जीहरूको दुई दिने आन्दोलनले दुईतिहाइको सत्ता उखेलिएपछि बिलखबन्दमा परेको

अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै

गण्डकी– गण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका

एचआइभी सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या

चितवन– एचआइभी एड्स सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या हुने