सांसदको स्कुटीमा बसेर धुलो हेर्न बनस्थली जालान् प्रधानमन्त्री ओली ? « Khabarhub

सांसदको स्कुटीमा बसेर धुलो हेर्न बनस्थली जालान् प्रधानमन्त्री ओली ?


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले केहि दिन पहिला एक कार्यक्रममा काठमाडौंमा धूलो धुँवाको अन्त्य भएको र अहिले मास्क लगाएर हिँड्ने मान्छे नै नहुने भन्दै भाषण गरे । प्रधानमन्त्रीको भाषणले सामाजिक सञ्जालमा ठूलै बहस निम्त्यायो ।

मनसुन बेलैमा शुरु भएको भए प्रधानमन्त्री ओलीले भनेको कुरा केही मात्रामा भएपनि सही हुनसक्थ्यो किनकी पानीका कारण धुलो कम र हिलो हुने थियो । तर प्रधानमन्त्रीको भाषणलाई मौसमले पनि साथ दिएन । काठमाडौं वर्षा याममा पनि धुलोको कुइरीमण्डलमा छटपटाइरहेको छ ।

प्रधानमन्त्रीको उक्त भाषणको कटाक्ष गर्दै मास्क लगाए हिँडेको र धुलाम्मे सडकहरुको फोटो सामाजिक सञ्जालमा पोस्ट गरे भने कतिले प्रधानमन्त्री कालो सिसा भएको गाडीमा कुद्ने र गाडी भित्र धुलो नछिर्ने भन्दै जनताको वास्तविक समस्या पहिचान गर्न सडकमै ओर्लन आग्रह गरे ।

सत्तापक्षका कतिपय कार्यकर्ताले भने पहिलाको तुलनामा धुलो कम भएको भन्दै आफ्ना पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको बचाउँ गर्न खोजे तर उनीहरुमाथि अरु मानिस खनिए ।

हुन त प्रधानमन्त्री ओली हल्का टिप्पणी र चुट्किला बेलाबेलामा भाषणहरुमा सुनाउन भएका कारण मानिसहरुले यसलाई एउटा चुट्किलाको रुपमा पनि बुझे र कतिपयले ओलीको यो भनाइको वेवास्ता पनि गरे ।

प्रधानमन्त्रीलाई स्कुटरमा घुमाउन मन छ !

यसबीचमा नेपाली कांग्रेसकी एकजना सांसदले भने प्रधानमन्त्री ओलीलाई धुलो देखाउ योजना सार्वजनिक गरेकी छिन् । त्यसका लागि उनले प्रधानमन्त्री ओलीलाई आफ्नो स्कुटरको पछाडि बस्ने अफर पनि राखेकी छिन् ।

नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री ओलीलाई आफ्नो स्कुटीको पछाडि बसेर वनस्थलीसम्म यात्रामा लैजान मन भएको बताएकी छिन् ।

सांसद शाहीले बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा यस्तो भनिन्, ‘प्रधानमन्त्रीज्यू, आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस्, वनस्थलीसम्म जाऊँ । मास्क लगाउनुपर्छ कि पर्दैन अनि हेरौँ ।’

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ३ : ४२ बजे

दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित

एजेन्सी– दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि

वर्षायाममा पुनर्निर्मित बीपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण

होर्मुज बन्द : विश्व बजारमा दबाब

एजेन्सी– इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले