वेस्ट बैङ्कमा भएको झडपमा ३ प्यालेस्टाइनीको मृत्यु « Khabarhub

वेस्ट बैङ्कमा भएको झडपमा ३ प्यालेस्टाइनीको मृत्यु


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तरी वेस्ट बैंक शहर जेनिनमा इजरायली सेनासँगको गोली हानाहानमा बिहीबार बिहान तीन प्यालेस्टाइनी लडाकूको मृत्यु भएको प्यालेस्टिनीले जनाएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय प्रेस विज्ञप्ति जारी गर्दै इजरायली सेनाले तीन प्यालेस्टाइनीको गोली हानी हत्या गरेको र एकजना गम्भीर घाइते भएको जनाएको छ। तर स्थानीय र सुरक्षा स्रोतहरूले इजरायली सेनाले शहरको मुख्य चौकमा आक्रमण गरी तीन प्यालेस्टाइनी लडाकूहरू तारिक अल–दमेज, सिद्दकी जकार्नेह र अत्ता शालाबीलाई मारेको जनाएको छ ।

घटनापछि थुप्रै प्यालेस्टाइनी लडाकुहरू र इजरायली सैनिकहरू बीच व्यापक गोली हानहान भएको जनाएका छन् । तीन प्यालेस्टाइनी लडाकुको हत्याको विरोधमा शहरमा प्यालेस्टिनी गुटहरूले शोक घोषणा गरेका छन्।

आधिकारिक तथ्याङ्कले जनवरीदेखि गाजा पट्टीमा २१३ प्यालेस्टाइनी मारिएको देखाएको छ। अधिकांश प्यालेस्टिनीहरू उत्तरी वेस्ट बैंक शहर जेनिन र नाब्लसमा मारिएको जनाइएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ८ : १६ बजे

गगन थापालाई मीन विश्वकर्माको कटाक्ष : छुस्स–छुस्स भेटेर मात्र कसरी एकता हुन्छ ?

अदालतले वैशाख ६ गते नेपाली कांग्रेसको वैधानिकता विवादमा फैसला गरिदियो

नीति तथा कार्यक्रम : बालेन सदनमा जवाफ दिन नजाने

काठमाडौँ– सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री

एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

कास्की– कास्कीभर सञ्चालनमा रहेका एम्बुलेन्सहरुले अबदेखि अनिवार्य रुपमा ग्लोबल पोजिसनिङ

एमालेको सचिवालय बैठक शनिबारका लागि आह्वान

काठमाडौँ– नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी

बलिउडको चमकधमकभित्र अपराधको जालो

बलिउडको चमकधमक, करोडौँको स्टारडम, फ्यानको क्रेज र रेड कार्पेटको ग्ल्यामर