एकीकृत प्रजनन स्वास्थ्य शिविरबाट महिला लाभान्वित « Khabarhub

एकीकृत प्रजनन स्वास्थ्य शिविरबाट महिला लाभान्वित


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्लाहीको बयलवासमा तीनदिने एकीकृत प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । मङ्सिर २० गतेदेखि ईश्वरपुर नगरपालिका–६ बयलबासस्थित नगर अस्पतालमा भएको परिवार नियोजन बन्ध्याकरण घुम्ती तथा एकीकृत प्रजनन स्वास्थ्य शिविरमा एक सय ९३ जना महिलाले लाभ लिएका छन् ।

ईश्वरपुर नगरपालिका–६ बयलबासस्थित नगर अस्पतालमा ईश्वरपुर नगरपालिकाको आयोजना तथा नगर अस्पताल बयलबासको समन्वयमा परिवार नियोजन बन्ध्याकरण घुम्ती तथा एकीकृत प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको नगर प्रमुख मनोजकुमार आचार्यले जानकारी दिए ।

उनले नागरिकको स्वास्थ्य, शिक्षा, दैनिक जीविकोपार्जनमा पहुँच नपुगेसम्म मुलुकको वास्तविक विकास नहुने बताए । मङ्सिर २० गते मङ्गलबारदेखि सुरु भएको तीनदिने परिवार नियोजन बन्ध्याकरण घुम्ती तथा एकीकृत प्रजनन स्वास्थ्य शिविरमा मिनिल्याप, भ्यासेक्टोमी र पाठेघर खस्नेलगायतका सेवा सञ्चालन गरिएको ईश्वरपुर नगर स्वास्थ्य शाखा संयोजक सुरेन्द्र महतोले बताए।

उनका अनुसार शिविरमा मिनिल्याप एक सय सात जना र पाठेघर खस्ने समस्याका ८६ जना महिलाको उपचार गरिएको छ । तीमध्ये दुई जनाको पाठेघरको शल्यक्रिया नै गर्नुपर्ने समस्या देखिएको र बाँकी ८४ जनाको सामान्य औषधि प्रयोगबाट नै समस्या समाधान हुने देखिएको नगर स्वास्थ्य संयोजक महतोले बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  १० : ५३ बजे

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २७ जना उपचाररत, ३९ डिस्चार्ज

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भई उद्धार

काभाबीच भलिबल टुरका लागि नेपाली टोली भुटान प्रस्थान गर्दै

काठमाडौं– भुटानको थिम्पुमा आयोजना हुने काभाबीच भलिबल टुरमा सहभागी हुने

बाढी प्रभावितका लागि इप्पानद्वारा १३ करोड प्रदान

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आबद्ध ऊर्जा उद्यमीहरूले

बाढी प्रभावित बालबालिकालाई अनुमति बिना ओसारपसार नगर्न आग्रह

काठमाडौं– राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको

प्रादेशिक अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पताल, धनगढीको