भेडाच्याङ्ग्राको गोठ सार्दै पशुपालक किसान « Khabarhub

भेडाच्याङ्ग्राको गोठ सार्दै पशुपालक किसान


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

मनाङ– “चिसो बढ्दै गएको छ । जाडो बढ्दै गएपछि गाउँ रित्तिँदैछ । चिसोमा भेडाच्याङ्ग्राको पाठापाठी र चौरीको बाच्छाबाच्छी बचाउनै मुस्किल हुन्छ”, हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय पशुपालक किसान याङदुङ गुरुङ भन्छन्।

“पानी जम्दैछ । लेकमा बस्न सकिँदैन । लेकमा घाँस पनि सकिन थाल्यो । लेकबाट बेँसी झारेर बचाउन लागिरहेको छु”, उनले भने, “यी पशुको माया लाग्छ, छोडेर कहीँ जान सक्दिन । यिनैको मायाले यही पानी तताएर खुवाउँदै बसेको छु ।” भेडाच्याङ्ग्रा र चौँरीसहित गोठाला बेँसी झरिसकेका उनी बताउँछन्। उनको गोठमा अहिले ६५ चौँरीलगायत भेडाच्याङ्ग्रा गरी ७० पशु रहेका छन् ।

नार्पाभूमि गाउँपालिकाका निवर्तमान अध्यक्ष मिङ्मार छिरिङ लामा भन्छन्, “वस्तुभाउको व्यवस्थापन गरेर गाउँबाट बेँसी झर्छन् यहाँका स्थानीयवासी । अबको एक सातामा पूरै गाउँ रित्तिन्छ ।”

मनाङका अधिकांश स्थानीयवासी पशुपालनमा आबद्ध छन् । त्यसले गर्दा उनीहरू वर्षमा दुई पटक लेकबेँसी गर्ने गर्छन् । बर्सातको समय लेक र हिउँदको समय बँेसी झर्ने उनीहरूको परम्परा जस्तै हो । उहाँले अब चैत पहिलो साता मात्रै लेक चढ्ने बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ११ : ०२ बजे

प्राप्त जनमतले मुलुकलाई नयाँ दिशातर्फ लैजान्छ : उपसभापति डा. वाग्ले

दमौली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ क्षेत्र

चुनाव लडेका तीन पूर्व प्रधानमन्त्रीमध्ये प्रचण्ड मात्रै पुगे सदन

काठमाडौं- हालै सम्पन्न निर्वाचनमा चुनाव लडेका तीनजना प्रधानमन्त्रीमध्ये पुष्पकमल दाहाल

स्याङ्जा–२ मा कांग्रेसका भागवतप्रकाश मल्लको अग्रता कायम

स्याङ्जा– स्याङ्जा क्षेत्र नम्बर २ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार

सबै कांग्रेसका पदाधिकारी हारतर्फ, सभापति गगनमाथि नै सोझियो नैतिक प्रश्न

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका नेपाली कांग्रेसका सबै पदाधिकारी

शान्तिपूर्ण निर्वाचनका लागि मोदीले दिए नेपाली जनता र सरकारलाई बधाई

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचन शान्तिपूर्ण