पाठेघर र हाइड्रोशीलका बिरामीको निःशुल्क उपचार  « Khabarhub

पाठेघर र हाइड्रोशीलका बिरामीको निःशुल्क उपचार 


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिराहा – कर्जन्हा नगरपालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालले पालिकामा पाठेघर र हाइड्रोशीलका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ।

पालिका र अस्पतालको साझेदारीमा पालिकामा पाठेघर खसेका महिला र हाइड्रोशील भएका पुरुषको निःशुल्क शल्यक्रिया सहितको उपचार उपलब्ध गराउने भएको हो।

कर्जन्हा नगरपालिका अस्पतालबीच पाठेघर खसेका महिला र हाइड्रोशील भएका पुरुषको शल्यक्रियाका लागि क्रमशः अधिकतम २६ र ७ हजार दिने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले जानकारी दिए।

निःशुल्क शल्यक्रिया सेवा, बेड चार्ज, उपचार, औषधि खानाको सुविधा र एम्बुलेन्स सेवा निःशुल्क हुने सम्झौता पत्रमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ९ : ४८ बजे

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय

वैदेशिक रोजगार ठगी नियन्त्रणमा विभागको सक्रियता, फरार आरोपितलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ– वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएर पनि हालसम्म