बङ्गुर उत्पादनमा वृद्धि तर बजार छैन | Khabarhub Khabarhub

बङ्गुर उत्पादनमा वृद्धि तर बजार छैन


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे– व्यावसायिक बङ्गुरपालनमा लागेका युवा दिनेश महतको फार्ममा हाल तीन सय बढी बङ्गुर छन् । विसं २०७५ बाट व्यावसायिक बङ्गुरपालन गर्दै आएका महतको फार्ममा उन्नत जातका बङ्गुर छन् ।  विशेष गरी कुखुरा र कुखुराका दाना तथा भेटनरी सञ्चालन गर्दै आएका उनी बङ्गुरपालनमा पनि लागेका हुन् । फार्ममा बङ्गुरको सङ्ख्या वृद्धि भइरहेको छ । पछिल्लो समय महत जस्तै पशु तथा कृषि पेसामा युवाको आकर्षण बढ्न थालेको छ । केही बाख्रापालन त केही च्याउ तथा अन्य कृषिजन्य वस्तुको उत्पादनमा लागेको पाइन्छ । 

महतको फार्ममा बङ्गुरको हेरचाहका लागि दुई परिवारलाई रोजगारी दिइएको छ । माँ दुर्गा एग्रीकल्चर एण्ड रिसर्च सेन्टरका नामबाट फार्म दर्ता गरेर व्यावसायिक बङ्गुरपालन थालिएको महतले बताए ।  

आधुनिक तरिकाबाट गरिएको बङ्गुरपालनबाट उनको फार्ममा सङ्ख्या वृद्धि भएर तीन सय बढी पुगेको हो । बङ्गुरको पाठा जन्मेको ४५ दिनपछि माउबाट छुटाउन र बेच्न सकिने सो फार्मका कामदार कृष्ण बराइलीले बताए। माउबाट छुटाइसकेपछि पाठापाठी बेच्न सकिने बताइएको छ ।

छिटो वृद्धि र विकास हुने भएपछि पछिल्लो समय उन्नत जातका पाठापाठी खरिद गरेर व्यावसायिक बङ्गुरपालन थालिएको हो । हाल रेन्ड्स, ड्युरो, योगसायरहेमसायर गरी चार जातका बङ्गुर फार्ममा रहेको बताइएको छ । हाल सो फार्ममा पाठापाठीदेखि दुई सय किलोभन्दा बढीका बङ्गुर छन् । 

उत्पादन बढे पनि उनको फार्मबाट सोचेजस्तो आम्दानी भने नभएको सञ्चालक महतको भनाइ छ । यहाँ उत्पादन भएका बङ्गुर स्थानीय बजारमा बिक्रीवितरण भइरहेको छैन । हेर्दा उस्तै देखिए पनि सुँगुर र बङ्गुरमा उपभोक्ताले खानमा सुँगुर नै रुचाउने भएकाले स्थानीय बजारमा यसको खपत नभएको बताइएको छ ।

स्थानीय बजारमा बिक्री नभएको र बाहिरसमेत बङ्गुर बिक्री भएर नगएपछि समस्या भएको महतको भनाइ छ । सरकारले पछिल्लो समय कृषिमा अनुदानको कार्यक्रम ल्याए पनि बिक्रीवितरणमा चासो नदिएको उनको भनाइ छ । किसानले मेहनतका साथ उत्पादन गरेका कृषिउपज बिक्रीवितरणमा सरकारले सहजीकरण गरिदिनुपर्ने उनको माग छ । 

कोरोनाकालको लकडाउन र कामको विकल्प खोज्ने युवाको रोजाइमा परेको कृषि पेसाप्रति उत्तिकै वितृष्णा जाग्न थालेको युवाको भनाइ छ । उत्पादन गरेको वस्तु बिक्री नहुँदा किसान चिन्तितसमेत भएका छन् । अनुदानसँगै उत्पादित वस्तुको बजारीकरणमा समेत स्थानीय सरकार लाग्नुपर्ने किसानको भनाइ छ ।

बाख्रापालन व्यवसायमा लाग्नेको समेत अवस्था उस्तै छ । निकै खर्च गरेर खोर निर्माण गरी बाख्रापालनमा लाग्नेको दुखेसो उस्तै छ । सुरुमा महँगो मूल्यमा पाठापाठी तथा माउ खरिद गरेको भए पनि हाल गाउँमा नै बाख्रा नबिक्ने गरेको किसानको भनाइ छ । 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ३ : १४ बजे

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण