एनपीएल : विराटनगर किङ्ग्सले सार्वजनिक गर्‍यो जर्सी (तस्बिरहरू) « Khabarhub

एनपीएल : विराटनगर किङ्ग्सले सार्वजनिक गर्‍यो जर्सी (तस्बिरहरू)


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

विराटनगर – नेपाल प्रिमियर लिग (एनपीएल) आबद्ध विराटनगर किङ्ग्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ ।

विराटनगरस्थित होटल स्वागतममा मङ्गलबार साँझ विशेष समारोह आयोजना गरी विराटनगरले आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको हो ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर किङ्ग्सका मालिक पारस लुनिया र मार्की खेलाडी सन्दीप लामिछानेले जर्सी सार्वजनिक गरे ।

सो अवसरमा विराटनगर किङ्ग्सले ब्रान्ड एम्बास्डर तथा र्‍यापर कुशल पोखरेलको आवाजमा बनेको एन्थम पनि सार्वजनिक गरेको छ भने द फेस अफ विराटनगरका रूपमा गायिका रचना रिमाललाई सार्वजनिक गरेको छ ।

साथै, यु-१९ महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक महेशप्रसाद रिजाल र खेलाडी रिया शर्मालाई किङ्ग्सले सम्मानसमेत गरेको छ । महिला विश्वकपमा नेपालको स्थान सुरक्षित गराउन सफल उनीहरूलाई मुख्यमन्त्री कार्की र पारस लुनियाले सम्मान गरे ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा यही मङ्सिर १५ गतेदेखि काठमाडौंमा हुने एनपीएलअन्तर्गत पहिलो खेलमै विराटनगरले जनकपुर बोल्टसँग खेल्नेछ ।

विराटनगर किङ्ग्समा लोकेश बम, दीपक बोहरा, सुभास भण्डारी, विमल गुरुङ र जितेन्द्र मुखिया लगायत रहेका छन् ।

अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त खेलाडीहरूको सहभागितामा मङ्सिर १५ देखि पुस ६ गतेसम्म एनपीएल आयोजना हुँदैछ ।

 

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ८ : ४१ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको