डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता « Khabarhub

डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा परी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ । 

कालीकोट जिल्लाको  सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरीखोला भीरमा डोजर दुर्घटना भएको हो । फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङभित्रको पानीको अवस्था जाँच गरी फर्कने क्रममा डोजर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) जयश्वर रिमालले जानकारी दिए ।

‘डोजरमा आठ जना सवार रहेकामा दुई जनाको मृत्यु भएको छ भने तीन जना कर्णाली नदीमा बेपत्ता भएका छन्’, उनले भने, ‘दुर्घटनामा तीन जना घाइते भएका छन् ।’ मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका त्रिवेणी गाउँपालिका-१ का ३० वर्षीया चरित्र सार्की, १६ वर्षीय युवराज बूढा छन् । प्रहरी कार्यालयका अनुसार चालक चालक अछामका कमल सोडारी, सान्नी त्रिवेणी गाउँपालिका-१ का १९ वर्षीय उमेश गिरी र १४ वर्षीय रक्तिम कार्की बेपत्ता डीएसपी रिमालले जानकारी दिए । 

त्यसैगरी घाइते हुनेमा रास्कोट नगरपालिका-७ का २२ वर्षीय मिलन शाही, खाँडाचक्र नगरपालिका-११ बराँतुगाउँका १४ वर्षीय आशिष भारती र विकास भारती छन् । घाइतेहरूको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ५ : ०२ बजे

आइसिसी महिला च्यालेन्ज ट्रफीका महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – नेपाल क्रिकेट सङ्घ ९क्यान०ले आइसिसी महिला च्यालेन्ज ट्रफीका

प्रधानमन्त्रीसँगको छलफलमा इन्द्रिराले उठाइन् पूर्वाधार र सामाजिक विकासका विषय

काठमाडौं – झापा क्षेत्र नम्बर २ की नवनिर्वाचित सांसद इन्द्रिरा

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौं – कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको

वीर अस्पतालमा आजदेखि महिलालाई निःशुल्क क्यान्सर परीक्षण

कामठाडौं – आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको