‘अपेक्षित परिणाम प्राप्त नहुनुको कारण खोजी गरिन्छ’  « Khabarhub

‘अपेक्षित परिणाम प्राप्त नहुनुको कारण खोजी गरिन्छ’ 


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा अपेक्षित परिणाम प्राप्त नहुनुको कारण खोजी गरिने बताएका छन् । प्रदेशसभातर्फ विसं २०७४ को जस्तै नतिजा प्राप्त भएको भए पनि प्रतिनिधिसभामा अपेक्षित नतिजा हासिल हुन नसक्नुका पछाडिका कारण खोजी गरी पार्टीले त्यसको उचित समाधान गर्ने उनको भनाइ छ ।

पार्टी सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको १५औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीले निर्वाचनमा अपेक्षित नतिजा हासिल गर्नुको अर्थ राष्ट्रिय राजनीतिमा कमजोर नभएको बताए । उनले मुलुकको राजनीतिमा आफ्नो पार्टीको भूमिका अहिले पनि केन्द्रीय नै रहेको र त्यसलाई कसैले खोस्ने स्थिति नभएको अध्यक्ष दाहालको भनाइ छ । राष्ट्रिय राजनीतिमा एजेण्डाका हिसाबले माओवादीकै एजेण्डा केन्द्रमा रहेको उनको भनाइ छ ।

इमान्दारिताका साथ आत्मसमीक्षा गरेर अगाडि बढेको खण्डमा माओवादी पुनः विस्तारित हुने उनले विश्वास व्यक्त गरे । उनले निराश वा चिन्तित भएर नभई आफूहरू प्रतिबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले आगामी दिनमा आफूलाई रूपान्तरित गरेर अगाडि बढ्नुपर्ने प्रतिबद्धता सबैले गर्न सकेको खण्डमा पुनः विजयी हुने विश्वास व्यक्त गरे । उनले गम्भीर आत्मसमीक्षाको जरुरी रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले रूपान्तरणका लागि दृढताका साथ प्रतिबद्धता गर्नैपर्ने बताए ।

उनले भने, ‘जितपछि हार, हारपछि जित यो स्वभाविक प्रक्रिया हो । हारेपछि फेरि यो के भयो भनेर गम्भीररूपमा छातीमा हात राखेका समीक्षा गर्नुपर्छ ।’ उनले सूचना प्रविधिको उचित प्रयोग गर्नुपर्नेमा समेत जोड दिए । उनले आगामी दिनमा विचार र दृष्टिकोणसहित सूचना र प्रविधिको समुचित प्रयोग गर्ने बताए । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले जनअपेक्षा र समायानुकूलरूपमा काम गर्न कर्मचारी प्रशासनलाई आग्रह गरे ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ७ : २७ बजे

सम्पत्तिबारे शंका गरिएपछि गृहमन्त्रीले भने : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती हो

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफूहरूको सम्पत्ति विवरणबारे चित्त नबुझाउनेहरूलाई कडा

भक्तपुरमा जिब्रो छेड्ने जात्राको व्रत सुरु

भक्तपुर– भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राका अवसरमा

दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

काठमाडौं– राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।