'अपेक्षित परिणाम प्राप्त नहुनुको कारण खोजी गरिन्छ'  | Khabarhub Khabarhub

‘अपेक्षित परिणाम प्राप्त नहुनुको कारण खोजी गरिन्छ’ 


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा अपेक्षित परिणाम प्राप्त नहुनुको कारण खोजी गरिने बताएका छन् । प्रदेशसभातर्फ विसं २०७४ को जस्तै नतिजा प्राप्त भएको भए पनि प्रतिनिधिसभामा अपेक्षित नतिजा हासिल हुन नसक्नुका पछाडिका कारण खोजी गरी पार्टीले त्यसको उचित समाधान गर्ने उनको भनाइ छ ।

पार्टी सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको १५औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीले निर्वाचनमा अपेक्षित नतिजा हासिल गर्नुको अर्थ राष्ट्रिय राजनीतिमा कमजोर नभएको बताए । उनले मुलुकको राजनीतिमा आफ्नो पार्टीको भूमिका अहिले पनि केन्द्रीय नै रहेको र त्यसलाई कसैले खोस्ने स्थिति नभएको अध्यक्ष दाहालको भनाइ छ । राष्ट्रिय राजनीतिमा एजेण्डाका हिसाबले माओवादीकै एजेण्डा केन्द्रमा रहेको उनको भनाइ छ ।

इमान्दारिताका साथ आत्मसमीक्षा गरेर अगाडि बढेको खण्डमा माओवादी पुनः विस्तारित हुने उनले विश्वास व्यक्त गरे । उनले निराश वा चिन्तित भएर नभई आफूहरू प्रतिबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले आगामी दिनमा आफूलाई रूपान्तरित गरेर अगाडि बढ्नुपर्ने प्रतिबद्धता सबैले गर्न सकेको खण्डमा पुनः विजयी हुने विश्वास व्यक्त गरे । उनले गम्भीर आत्मसमीक्षाको जरुरी रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले रूपान्तरणका लागि दृढताका साथ प्रतिबद्धता गर्नैपर्ने बताए ।

उनले भने, ‘जितपछि हार, हारपछि जित यो स्वभाविक प्रक्रिया हो । हारेपछि फेरि यो के भयो भनेर गम्भीररूपमा छातीमा हात राखेका समीक्षा गर्नुपर्छ ।’ उनले सूचना प्रविधिको उचित प्रयोग गर्नुपर्नेमा समेत जोड दिए । उनले आगामी दिनमा विचार र दृष्टिकोणसहित सूचना र प्रविधिको समुचित प्रयोग गर्ने बताए । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले जनअपेक्षा र समायानुकूलरूपमा काम गर्न कर्मचारी प्रशासनलाई आग्रह गरे ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ७ : २७ बजे

बाढीपहिरो प्रभावितलाई भारतले दियो आपतकालीन सामाग्री

काठमाडौं – देशमा हालै आएको बाढी र पहिरोबाट प्रभावित परिवारका

साप्ताहिक हाटबजारमा खसीबोका बिक्री

खाँदबारी– पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा दसैँका लागि करिब ७५ लाखको

विश्व कराते च्याम्पियनसिपमा मनिष कार्की र दावा शेर्पा छनोट

काठमाडौं– मनिष कार्की र दावा शेर्पा चौथो क्योकुसिन तेजुका विश्व

कैलालीका किसानलाई धानबाली भित्र्याउने चटारो

कैलाली– कैलालीका किसानलाई यतिबेला खेतमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको

नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन

काठमाडौं – नेपालको आँखा उपचार सेवाले अन्तराष्ट्रिय क्षेत्रमा प्रतिष्ठा हाँसिल