आन्तरिक पर्यटनको गन्तव्य बन्दै बागलुङ | Khabarhub Khabarhub

आन्तरिक पर्यटनको गन्तव्य बन्दै बागलुङ


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शुक्रबार गुल्मीको मुसिकोट नगरपालिका ४ दजाकोटको श्री पशुपति निम्न माध्यामिक विद्यालयको शैक्षिक अवलोकन भ्रमणको समूह बागलुङदेखि पर्वत जोड्ने नेपालकै सबैभन्दा लामो पुलमा आइपुग्यो । सोही दिन यस क्षेत्रमा विभिन्न स्थानबाट आमा समूह र सहकारीका समूहका पनि भ्रमण टोलीहरु आइपुगेका थिए ।

मङ्सिर सुरु भएपछि यहाँ शैक्षिक तथा अध्यययन अवलोकन गर्न आउनेहरुको सङ्ख्या बढेको छ । पछिल्लो पाँच वर्षमा बागलुङ बजार आसपासमै थपिएका तीन प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका कारण विभिन्न जिल्लाबाट यहाँ घुम्न आउने विद्यालय, सहकारी, आमा समूह, भजन समूह र क्याम्पसका विद्यार्थी तथा आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।

कोरोना महामारीका कारण केही समय थलिएको यहाँको पर्यटन गतिविधि पछिल्लो समय भने चलायमान हुन थालेको छ । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको अदुवाबारी जोड्ने पाँच सय ६७ मिटर नेपालकै लामो ‘गण्डकी गोल्डेन व्रिज’ मा यतिबेला आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

टिकटकमा देखेको पुल प्रत्यक्ष रुपमा देख्दा खुसी लागेको शैक्षिक भ्रमणमा आएका गुल्मीका अभिषेक शर्माले बताए । “सामाजिक सञ्जालमा देखेको नेपालकै लामो पुल कस्तो होला भन्ने थियो, यही पुल हेर्न हामी यहाँसम्म आएका हौँ”, उनले भने, “लामो पुलसँगै बागलुङ कालिका मन्दिर, पञ्चकोट, शालग्राम सङ्ग्रहालयको भ्रमण गर्दा निकै खुसी लाग्यो ।”

पछिल्लो पाँच वर्षमा बागलुङ बजार क्षेत्रमा तीन वटा पर्यटकीय गन्तव्य थप भएकाले पर्यटक बढेको कालिका मल्टिप्यालेसका सञ्चालक अर्जुन चोखालको भनाइ छ । “पहिले कालिका मन्दिर दर्शनका लागि मात्रै आन्तरिक पर्यटक आउथे भने अहिले गण्डकी गोल्डेन ब्रिज, शालग्राम सङ्ग्रहालय र पञ्चकोट पर्यटकीय गन्तव्यका रुपमा थपिएपछि पर्यटकको चाप बढी भएको हो”, चोखालले भने ।

पर्यटक बढेपछि यहाँका होटलको व्यवसाय पनि बढेको छ । हाल यहाँ गुल्मी, म्याग्दी, पोखरा, चितवन, बुटवल र काठमाडाँैलगायतका स्थानबाट शैक्षिक भ्रमणमा आउने गरेका छन् । हाल बागलुङ नगरपालिका–६ पञ्चकोटमा रु ४० करोड लगानीमा पर्यटकीय पूर्वाधार र मन्दिर निर्माण भइरहेको छ । साथै बागलुङ नगरपालिका ४ कुडुँले फेदीमा श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा सवालाख शालग्राम भूमिगत रुपमा सङ्ग्रहालय बनाइएको छ ।

झोलुङ्गे पुलले फेरियो दैनिकी

बागलुङको काठेखोला गाउँपालिका ८ लेखानीका दुई गाउँ जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएसँगै यहाँका स्थानीयको जनजीवन सहज भएको हो । यसअघि कादेशबाट लेखानी पुग्न डेढघण्टा खर्चनुपर्नेमा पुल निर्माणसँगै दूरी १० मिनेटमा सीमित भएको छ । पुल निर्माणपछि समयको मात्रै बचतसँगै स्थानीयको जीवनमा समेत सहजता थपिएको छ । पठनपाठनका लागि लेखानी मावी आउने विद्यार्थीलाइ सहज भएको स्थानीय प्रेमबहादुर श्रीषको भनाइ छ ।

गण्डकी प्रदेश सरकारको रु दुई करोड ९३ लाख ८५ हजार छ सय ५० मा पुल निर्माण भएको हो । दुई गाउँ जोड्ने तीन सय ५९ मिटर लामो र ९५ मिटर अग्लो पुल निर्माणपछि स्थानीयवासीलाई सहज भएको निर्वतमान वडाध्यक्ष चित्राकुमारी श्रीषको भनाइ छ ।

पुल निर्माणपछि कादेशका झण्डै चार सय घरपरिवारलाई वडा कार्यालय, स्वास्थ्य चौकी र लेखानी माविमा जोड्न सहज भएको छ । साथै मध्यपहाडी लोकमार्ग भएर सिधैँ बागलुङ बजार आउन सहज भएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ३ : २१ बजे

खुर्कोटको पुल निर्माणमा तीव्रता

रामेछाप– रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाकाका रुपमा रहेको खुर्कोटको

बेनी–मालढुङ्गा सडक : ठेक्का अवधि सकिँदा दुई तिहाइ मात्र प्रगति

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका

रुस-युक्रेन युद्धमा उत्तर कोरियाको उपस्थिति

दक्षिण कोरिया – उत्तर कोरियाले युक्रेनसँग लड्नका लागि सेना पठाएको

कार्यकर्ताको नाराबाजी छल्दै रविलाई सीआईबीले कास्की प्रहरीसमक्ष बुझायो

पोखरा – रातभरको कार्यकर्ताको नाराबाजीलाई छल्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो

अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर