चोलेन्द्र प्रकरणमा संसद सचिवालयद्वारा सर्वोच्चलाई जवाफी पत्र पेश | Khabarhub Khabarhub

चोलेन्द्र प्रकरणमा संसद सचिवालयद्वारा सर्वोच्चलाई जवाफी पत्र पेश


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको सम्बन्धमा पठाएको पत्रबारे सोधिएको प्रश्नको जवाफ अहिले दिनुनपर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

निलम्बित प्रधानन्याधीश जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै संघीय संसद सचिवालयले सर्वोच्च अदालतलसहित राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद्लाई पत्र पठाएको थियो ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र पठाएपछि सोही दिन बसेको सर्वोच्चको पूर्ण बैठकले पत्राचार गर्दै थप जिज्ञासा राखेको थियो ।

यसपछि महासचिव गौतमको उक्त पत्र बदरविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले उक्त पत्र कार्यान्वयन नगर्न/नगराउन र अन्तरिक आदेश जारी गर्दै संघीय संसद सचिवालयसँग जवाफ मागेको थियो ।

सर्वोच्चको अन्तरिक आदेशसँगै जवाफ मागेले पूर्ण बैठकको निर्णयानुसार सोधेको जवाफ दिइरहनुपरेन भन्दै महासचिव गौतमले सर्वोच्चलाई पत्राचार गरेका छन् ।

‘संघीय संसदका महासचिवको जानकारी सम्बन्धी पत्र सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासबाटसर्वोच्च अदालतको संवैधानिक इजलासबाट मिति २०७९ मंसिर २३ गते कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश भई सकेको र सो सम्बन्धमा संघीय संसदका महासचिवले ७ दिन भित्र लिखित जवाफ दिनुपर्ने आदेश भएकोले सर्वोच्च अदालतको पूर्ण बैठकको २०७९/०८/२१ निर्णानुसार सोधिएका विषयहरुको जानकारी पनि अन्तरिम आदेशको लिखित जवाफको क्रममा समावेश हुने व्यहोरा पूर्ण बैठक समक्ष सादर अनुरोध गर्दछु,’ महासचिव गौतमले सर्वोच्चलाई लेखेको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ४ : १३ बजे

विद्युत् खम्बा ढल्दा तनहुँका दुई पालिका अन्धकारमा

तनहुँ– गत विहीबार रातिदेखि परेको वर्षाका कारण तनहुँको बुद्धसिंह मार्गअन्तर्गत

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग

झ्याप्लेखोला घटना : धादिङका प्रजिअ गृहमा तानिए

काठमाडौं– त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिबेंसी नगरपालिका र काठमाडौंको चन्द्रागिरि नगरपालिकाको

खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सम्पर्क विच्छेद

खोटाङ– अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले खोटाङमा ३३ घर

बाढीपहिरो अपडेट : १९२ जनाको मृत्यु, ३० जना बेपत्ता

काठमाडौं– गत शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण आएको