अफगानिस्तानमा यात्रुबाहक बस पल्टिँदा पाँच जनाको मृत्यु, २८ घाइते « Khabarhub

अफगानिस्तानमा यात्रुबाहक बस पल्टिँदा पाँच जनाको मृत्यु, २८ घाइते


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइतबार एक यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य २८ जना घाइते भएका प्रान्तीय प्रहरीले जनाएको छ ।

प्रान्तीय राजधानी कुन्दुज बाहिर आइतबार बिहान भएको सडक दुर्घटनामा परी महिला र बालबालिकासहित पाँच जनाको मृत्यु हुनुका साथै अन्य २८ जना घाइते भएका हुन् ।

प्रान्तीय सूचना तथा संस्कृति प्रमुख मतिउल्लाह रोहानीले दुर्घटनाको पुष्टि गर्दै घाइते यात्रुलाई उपचारका लागि अस्पताल लगिएको जानकारी गराए ।

दुर्घटनाका लागि चालकको लापरबाहीलाई जिम्मेवार ठह¥याउँदै रोहानीले सम्बन्धित अधिकारीहरूले राजमार्ग ट्राफिक सुरक्षा सुनिश्चित गर्न कदम चाल्ने बताए ।

पहाडी भूगोल, कमजोर सडक संरचना र चालकहरूद्वारा हुने यातायातका नियम उल्लङ्घनका कारण अफगानिस्तानमा हरेक बर्ष सयौँ यात्रुले अकालमा जीवन गुमाउनेगरेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ८ : २१ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका