अचम्म ! एक बोतल पानीकै पर्छ १ करोड « Khabarhub

अचम्म ! एक बोतल पानीकै पर्छ १ करोड


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भनिन्छ पानी जिन्दगानी । हुन पनि संसारका सवै जीवलाई बाँच्नका लागि पानी आवश्यक पर्छ । संसारमा पानीका विषयमा अनेकौं अनुसन्धानहरु भएका छन् । मानिसको दैनिक जीवनमा पानीको नभइ नहुने पदार्थ हो ।

यही पानी एक बोतलको एक करोड रुपैयाँ पर्छ भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर नपत्याएर सुखै छैन । अमेरिकाको एउटा कम्पनीले उत्पादन गरेको पानीको मूल्य एक करोड रुपैयाँ पर्छ । तर, करोड मूल्य पर्ने यो पानीको बोतल पाउन सजिलो भने छैन । पानी किन्नका लागि पहिले कम्पनीसँग अर्डर गर्नुपर्दछ । त्यसपछि बल्ल कम्पनिले पानी उत्पादन गर्छ । र क्रेतालाई उपलब्ध गराउँछ ।

यो पानी खानका लागि भने होइन, लक्जरी कलेक्सनका लागि हो । यो पानीको बोतलको बिर्को नै सुनबाट बनाइएको हुन्छ । जसमा १४ क्यारेटका ६ सय वटा सेतो तथा २ सय ५० वटा कालो हिरा जडित गरिन्छ । हरेक बोतलका लागि छुट्टा–छुट्टै खोल बनाइएको हुन्छ । यो बहुमूल्य बोतलको पानीको नाम बेवर्ली हिल्स (ढण्ज्द्दइ) राखिएको छ ।

यो पानी कम्पनीको प्रधान कार्यालय भने अमेरिकाको क्यालिफोर्नियास्थित बेवर्ली हिल्समा छ । कम्पनीले एकदमै अग्लो झरनाबाट पानी संकलन गरेर तयार पार्ने गर्छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ६ : ३९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार