आजबाट निर्वाचन आचारसंहिता नरहने  « Khabarhub

आजबाट निर्वाचन आचारसंहिता नरहने 


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले सोमबारबाट निर्वाचन आचारसंहिता नरहने जानकारी दिएको छ । गत ४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिता सोमबारबाट नरहने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

‘२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगबाट जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ आज मंसिर २६ गतेदेखि लागू नरहने निर्णय भएको छ,’ प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उनका अनुसार यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूमा गराइएको छ ।
निर्वाचन आचारसंहिता गत १२ असोजदेखि मुलुकभर लागू गरिएको उनले जानकारी दिए । 

 

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १ : २९ बजे

एमालेमा अनेक हुन्छ : आफ्नै निर्देशनविपरीत अन्तिम समयमा ओलीको हस्तक्षेप, मन्त्रीको शपथ लिन तयार भएकाहरू जिल्लिए

धनगढी– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको गुन्डूबाट सुदूरपश्चिम

विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत्

ट्राफिक प्रहरीको कारबाहीमा परे श्रमसंस्कृतिका अध्यक्ष हर्कराज राई, तिराइयो जरिवाना

काठमाडौं- प्रहरीले श्रमसंस्कृति पार्टीका अध्यक्ष धरान उपमहानगरपालिका-१८ निवासी हर्कराज राईलाई

निश्चित समय आन्तरिक उत्पादनलाई संरक्षण गर्न केही क्षेत्रमा कर लगाएका हौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्रोत, समय र अपेक्षाको चापकाबीचमा