जिल्ला अस्पतालकै एक्सरे सेवा बन्द हुँदा सेवाग्राही मारमा | Khabarhub Khabarhub

जिल्ला अस्पतालकै एक्सरे सेवा बन्द हुँदा सेवाग्राही मारमा


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

खोटाङ– जिल्ला अस्पताल खोटाङको एक्सरे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । रेडियोलोजी शाखामा कार्यरत रेडियोग्राफरहरू नहुँदा अस्पतालको एक्सरे सेवा बन्द भएको हो ।

कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक जना बाबुको उपचारका सिलसिलामा भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्सरे सेवा बन्द गरेको जिल्ला अस्पतालका निमित्त प्रमुख डा. चतुरानन्द यादवले बताए । जिल्ला अस्पतालले आइतबार २५ देखि २९ मंसिरसम्मका लागि एक्सरे सेवा बन्द गरिएको सूचना जारी गरेको थियो । 

जिल्ला अस्पतालमा सरदर दैनिक ६० जनाको एक्सरे हुने गरेको छ । एक्सरे गर्न आएका बिरामी अन्यत्र गइरहेका छन् । एक्सरेकै कारण कतिपय बिरामी दिक्तेलकै फेमिली केयर अस्पतालमा गइरहेका छन् । एक्सरे गर्न जिल्ला अस्पताल पुग्दा १ पुसमा आउन भनेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका कम्पसेर राईले बताए । 

बाबुको उपचारमा एक जना रेडियोग्राफर भारत गएपछि १५-२० दिनदेखि एक्लै काम गर्दै आएका रेडियोग्राफर पनि बिदामा बसे । त्यसपछि एक्सरे सेवा बन्द भएको हो । वैकल्पिक व्यवस्थाका लागि केही रेडियोग्राफरलाई बोलाएको भए पनि जिल्ला अस्पतालको एक्सरे मेसिन चलाउन नजानेको अस्पतालका निमित्त प्रमुख डा। यादवले बताए । एक्सरे सेवालाई नियमित गराउनका लागि पहल भइरहेको छ ।

जिल्ला अस्पतालको एक्सरे सेवा बन्द भएको जनगुनासो आएपछि सोमबार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राईको टोलीले जिल्ला अस्पताल पुगेर समस्याका बारेमा जानकारी लिएका छन् । 

 

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १ : ३५ बजे

कैदीले सीप सिकाए, लिम्बू दम्पती व्यवसायी बने

काठमाडौं– कर्म गर्ने लक्ष्य लिए जति विघ्नबाधा आए पनि मानिस

भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा पक्राउ

भारतमा सूचना प्रविधि सेवाको क्षेत्र ६.६ प्रतिशतले वृद्धि

काठमाडौं– भारतमा सूचना प्रविधि सेवाको क्षेत्र सन् २०२३ मा ६

श्रीलंकामा खाद्यान्नको मूल्य वृद्धि

काठमाडौं– संकटग्रस्त श्रीलंकाको वार्षिक मुद्रास्फीति मे को ०.९ प्रतिशतको तुलनामा

बुद्ध एयरले भित्र्यायो एटीआर जहाज

काठमाडौं– निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ