दुधकोसी जलविद्युत आयोजनाको काम तत्काल अघि बढाउन माग « Khabarhub

दुधकोसी जलविद्युत आयोजनाको काम तत्काल अघि बढाउन माग


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

खोटाङ– ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको कामलाई तत्काल अघि बढाउने एमालेका केन्द्रीय सदस्य रमेशकुमार पौडेलले जिल्ला प्रशासन कार्यालय खोटाङलाई आग्रह गरेका छन् ।

बहुचर्चित दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाले ओगट्ने खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका निजी जग्गा अधिग्रहण प्रकृया अघि बढिसकेको अवस्थामा केन्द्रीय सदस्य पौडेलले प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईलाई सोमबार ज्ञापन-पत्र बुझाउँदै जग्गाधनीलाई चाँडोभन्दा चाँडो यथोचित मुआब्जा दिएर आयोजना निर्माण अघि बढाउन पहल र समन्वय गर्न आग्रह गरेका हुन् ।

जिल्लामा सम्झौताअनुसारको काम गर्न गराउन अगुवाइ र पहल गर्ने दायित्व प्रमुख जिल्ला अधिकारीको पनि भएकाले उल्लेख गर्दै पौडेलले दुधकोसी जलाशययुक्त आयोजनाको काममा भएको ढिलासुस्ती अन्त्य गर्न ध्यानाकर्षण गराएका हुन् । 

पौडेलले हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनामा भइरहेको चरम ढिलासुस्ती अन्त्य गर्दै तत्काल काम सम्पन्न गर्न, पालिका, सदरमुकाम र जिल्लाका प्रमुख सडकहरूको स्तरोन्नति र कालोपत्रेको काम तत्काल गर्न समन्वय गर्न, सम्झौता गरी ढिलासुस्ती र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कानुन बमोजिम कारबाही गर्न माग गरेका छन् ।

यस्तै, मध्यपहाडी लोकमार्ग अन्तरगत जयरामघाट–हलेसी सडक खण्डको कामको जिम्मा लिइ काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याएर सडक मर्मत तथा स्तरोन्नतिको लागि तत्काल पहल गर्न, सुनकोसी नदीको धाप्लाङघाट पुल निर्माणमा भइरहेको ढिलासुस्ती अन्त्याका लागि पहल गर्न, काममा ढिलाइ गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउन ध्यानाकर्षण गराएका छन् ।

पौडेलले महुरे–फोक्सिङटार सडक कालोपत्रेलाई तीव्रता दिन आवश्यक पहल गर्न, मध्यपहाडीकै चखेवा-दिक्तेल सडक खण्डको बाँझेदेखि चखेवासम्मको सडक निर्माणका लागि आवश्यक पहल गर्न, जिल्लाको दक्षिणी क्षेत्रका पालिकामा विद्युतीकरणका लागि सम्बन्धित निकायमा पहल गर्न, जिल्ला अस्पतालको सेवालाई प्रभावकारी बनाउँदै पालिकास्तरीय अस्पतालको भौतिक निर्माण र जनशक्ति व्यवस्थापनमा पहल गर्न आग्रह गरेका छन् ।

यस्तै, दक्ष जनशक्ति र आवश्यक भौतिक संरचनाहरू निर्माण गरी महुरेगढी प्राविधिक शिक्षालयलाई प्रदेशकै प्राविधिक शिक्षाको केन्द्र निर्माण गर्ने गरी आवश्यक पहल र अगुवाइ गर्न, आवश्यकता पहिचान गरी भौतिक संरचना र गुणस्तर सुधार गर्दै शैक्षिक उन्नयनका लागि पहल गर्न ध्यानाकृष्ट गराएको केन्द्रीय सदस्य पौडेलले बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  २ : २३ बजे

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि