सोलुखुम्बुमा बाँदर आतंक, कृषक आजित | Khabarhub Khabarhub

सोलुखुम्बुमा बाँदर आतंक, कृषक आजित


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– बाँदर आतंकले सोलुखुम्बुका कृषक आजित बनेका छन् । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-८ रणेम क्षेत्रका सुन्तला, कोदो, धान बाली सखाप पारेसँगै कृषक आजित बनेका हुन् । 

आफूहरूले घाम पानी नभनी लगाएको बालीबाट उत्पादन लिने समयमा बाँदरले खाएर सखाप पारेको कृषक नीरकुमार राईको गुनासो छ । उब्जनी भएका अन्नबाली उठाउन नपाउँदै खान थालेपछि बाँदर धपाउन गोठालो बस्नुपर्ने अवस्था आएको कृषक बताउँछन् ।  

जङ्गलबाट ठूलो सङ्ख्याका बाँदर हुल बाँधेर आउने भएकाले धपाउन समस्या हुने र एकैचोटिमा धेरैको खेतबारीमा फलेको अन्नबाली सखाप पार्ने गरेको दिप्लीका रत्नकुविर राईको दुःखेसो छ । कोशीवारि रहेको यो क्षेत्रलाई माप्य दूधकोशीको वाकुसँग जोड्न इंखु खोलामा पुल थापेसँगै वाकु जङ्गलको बाँदर दिप्ली क्षेत्रमा प्रवेश गरेको कृषकको भनाइ छ । वर्षभरि दुःख गरेर लगाएको बालीनालीमा बाँदरको आतंक बढ्न थालेसँगै खेतीयोग्य जमिन नै बाँझो राख्ने मनस्थितिमा कृषक पुगेका छन् ।

रोग किराको प्रकोपसँगै जङ्गली जीवजन्तुको आतंकले आजित बनेका कृषक उब्जनी भएको आधाभन्दा बढी लगानी रोग किरा र जङ्गली जीवजन्तुले नै सखाप पार्ने गरेको अर्का कृषक राजकुमारी राईले बताइन् । यो वर्ष मात्र नभई बर्सेनि यहाँका कृषकले बाँदर आतंक खेप्दै आएका छन् । 

विगतका वर्षमा बाँदर धपाउनका लागि भन्दै डिभिजन वन कार्यालय सोलुखुम्बुबाट यन्त्र वितरण गरिएको थियो । तर उक्त यन्त्र पड्काएर बाँदर धपाए पनि फेरि फर्केर आइहाल्ने भएकाले खासै प्रभावकारी नबनेको कृषकको भनाइ छ । 

थुलुङ दुधकोशी गाउँपालिका–८ का वडाध्यक्ष राजेश राईले कृषकको समस्या समाधानका लागि गाउँपालिकाको कार्यपालिका बैठकमा कुरा उठाउने र बाँदर आतंकबाट कृषकलाई छुट्कारा दिलाउन आफूले सक्दो प्रयास गर्ने प्रतिक्रिया दिए।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ७ : ३४ बजे

सन्तानब्बे नाल हतियार बरामद भएको छः नेपाली सेना

काठमाडौं – जेनजीको प्रदर्शनपछि भएका घटनामा मुलुकका विभिन्न स्थानबाट लुटिएकामध्ये

धनुषा जिल्लामा आज साँझ ६ बजेदेखि कर्फ्यु आदेश लागू

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले अर्को आदेश नभएसम्म आज

रास्वपाले अघि सार्‍यो तीनबुँदे तात्कालिक प्रस्ताव

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशको वर्तमान राजनीतिक संकट

नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ

काठमाडौं– ललितपुरको नख्खु जेलबाट भागेका चर्चित अपराधी एवम् पूर्वराज्यमन्त्री सञ्जय

अन्तरिम सरकारमा सामेल हुनेबारे कुनै निर्णय भएको छैन : डीपी अर्याल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले आफूहरू अन्तरिम