सौर्य ऊर्जाबाट पोखरी गाउँ झिलीमिली « Khabarhub

सौर्य ऊर्जाबाट पोखरी गाउँ झिलीमिली


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाको तिला गाउँपालिका–७ मा रहेको पोखरी गाउँमा पहिलो पटक सौर्य ऊर्जाबाट गाउँ नै झिलीमिली बनेको छ । कहिल्यै पनि बिजुलीको सपना पूरा नहुने पीडा साँचेर बसेका सो गाउँका स्थानीयवासी अहिले रात दिन सौर्य ऊर्जाले विद्युत् सेवा सञ्चालनमा आएपछि खुशी भएको स्थानीयवासी मुनबहादुर रोकायाले बताए ।

विद्युत् सेवा नहुँदा यहाँका स्थानीयवासी सल्लाको दियालोको भरमा अन्धकारमा बस्न बाध्य हुनुपरेको थियो । सौर्य ऊर्जाले गाउँ नै झिलीमिली पारेपछि बिजुली बाल्ने धोको पूरा भएको स्थानीयवासी रोकायाले भने, “गाउँ उज्यालो मात्र भएको होइन, सारा पोखरीवासीको मन उज्यालिएको छ । जम्मा गाउँमा ६० घरधुरी रहेका छन् । गाउँ नजिकै अर्को गोठीबस्ती छ । वर्षायामको छ महिना पोखरी गाउँका स्थानीय त्यहीँ बस्छन् । गोठीमा पनि सौर्य ऊर्जाको बिजुली पु¥याइएको छ ।” सबै गरेर एक सय २० घरमा बिजुली बालिएको उनले बताए ।

पचास किलोबाट क्षमताको सौर्य ऊर्जाले प्रत्येक घरमा छ वटा बल्ब राखिएको छ । एक घरले दुई बल्बभन्दा बढी बालेका छैन । गाउँमा पोलपोलमा बिजुली बालिएको छ । जतिबेला पनि मोबाइल चार्ज गर्न पाइएको छ । टीभी र वाईफाई चलाउन सजिलो भएको अर्का स्थानीयवासी तुलवीर रोकायाले बताए । उत्पादन भएको सबै बिजुली खपत नहुने भए पनि गाउँमा कुटानी, पिसानी र काठ चिरानी मेसिन राख्ने तयारी भइसकेको छ । यसका लागि वडापालिकाले बजेट छुट्याइसकेको छ । गाउँमै कुटानी पिसानीको काम हुने भएपछि महिलाको कार्यबोझ घट्ने सो गाउँका स्थानीयवासी बताउँछन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु तीन करोड ३४ लाख र रु ३० लाख तिला गाउँपालिकाको साझेदारीमा सौर्य ऊर्जा निर्माण भएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए । पोखरी गाउँमा सौर्य ऊर्जाका लागि कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले पहल गरेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ९ : १३ बजे

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक