नारायणगढ-बुटवल सडक निर्माणको काम तीव्र गतिमा « Khabarhub

नारायणगढ-बुटवल सडक निर्माणको काम तीव्र गतिमा


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

कावासोती– एक वर्ष थप म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कर्पोरेशनले नारायणगढ-बुटवल सडक निर्माणलाई तीव्रता दिएको छ । गैँडाकोटमा रहेको आयोजनाको पूर्वी खण्ड हेर्न कार्यालयका इन्जिनियर धिरज ढकालका अनुसार अहिलेसम्म २०.३३ प्रतिशत काम सम्पन्न भएको हो । गत साउन २२ गते म्याद सकिँदा आयोजनाको प्रगति १८ प्रतिशतमात्र रहेकामा म्याद थप गरिएपछि भने निर्माण कम्पनीले कामलाई तीव्रता दिएको उनले बताए । उनका आयोजनाको पूर्वी खण्डमा दैनिक एक हजार दुई सय कामदारले काम गरिरहेका छन् ।

आयोजनाको पूर्वी खण्डमा पर्ने विद्युत्का पोल पनि सार्ने काम अगाडि बढेको आयोजनाले जनाएको छ । अहिलेसम्म ३० प्रतिशत विद्युत्का पोल सार्ने काम सकिएको हो । उनले पछिल्लो समय १२ वटा ठूला पुलमध्ये १२ मा  निर्माणको काम भइरहेको बताए। उनका अनुसार २२ साना पुलमध्ये १३ मा काम सकिएको छ भने अन्यमा काम भइरहेको हो । आयोजनाले सडकमा हाल्नुपर्ने माटो, गिट्टी र बालुवा देवचुली र कावासोती नगरपालिका क्षेत्रबाट लिएर पुर्ने कामसमेत सँगसँगै अगाडि बढाएको हो ।

यसअघि निर्माण सामग्रीको कमी, कोरोना महामारी, बिजुलीको पोल र खानेपानीको पाइप सार्ने काम नहुँदा कामले तीव्रता नपाएको समस्या समाधान भएपछि कामले तीव्रता पाएको आयोजनाको पूर्वी खण्डका प्रमुख रमेशकुमार दृष्टिले बताए । ‘पछिल्ले समय धमाधम काम भइरहेको छ, जनशक्ति पनि ठेकेदार पक्षले बढाएको छ, केही स्थानमा त सडक कालोपत्रका लागि अन्तिम तयारी पनि भएको छ ।’ उनले भने, ‘कामले तीव्रता पाएपछि स्थानीय बासिन्दा पनि खुसी छन् । तोकिएको समयमै सम्पन्न नभए पनि यही गतिमा काम हुने हो भने छिट्टै काम सम्पन्न हुने देखिन्छ ।’

प्रमुख दृष्टिका अनुसार गैँडाकोटबाट दाउन्नेसम्मको ६४.५ किलोमिटर खण्डलाई प्याकेज-१ र दाउन्नेबाट बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज-२ गरी एकैसाथ विस्तार कार्य भइरहेको छ । विस्तार भइरहेको सडकको कुल लम्बाइ एक सय १३ किलोमिटर छ ।

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा कुल रु १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गको यस खण्डको विस्तार भइरहेको छ । लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ  । एडिबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।

बयालीस महिनाभित्र सम्पन्न गर्ने गरी यो सडक विस्तारका लागि विसं २०७५ माघमा  सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार विसं २०७९ साउन २२ भित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । 

तोकिएको समयमा काम सम्पन्न नभएपछि सरकारले गत साउनको २३ गतेदेखि लागू हुने गरी तीन-तीन महिनामा आयोजनाको भौतिक प्रगतिको मूल्यांकन गरिने र प्रगति त्रैमासिकरूपममा कम्तीमा १० प्रतिशत हुनुपर्ने शर्तसहित तीन सय ८६ दिनका लागि आयोजनाको म्याद थपेको थियो । 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ७ : ०५ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग