लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरी अध्यादेश ल्याउनु असंवैधानिक : विवेकशील साझा | Khabarhub Khabarhub

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरी अध्यादेश ल्याउनु असंवैधानिक : विवेकशील साझा


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विवेकशील साझा पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरी सत्ता सौदाबाजीका लागि अध्यादेश ल्याउनु असंवैधानिक भएको बताएको छ ।

पार्टीले सत्ता सौदाबाजीको कलुषित मनसाय राखेर दूरगामी असर पार्ने अध्यादेश ल्याउने कामचलाउ सरकारको धृष्टताप्रति गम्भीर आपत्ति रहेको मंगलबार जारी विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

नयाँ सरकार बन्ने प्रक्रियाको मुखैमा सरकारले अध्यादेश ल्याउन खोज्नु नयाँ जनमत र संसद्को समेत अवमूल्यन भएको विवेकशील साझाको ठहर छ ।सरकारको यो कदम संवैधानिक, कानूनी, नैतिकता, समय र अभ्यास सबै हिसाबले घोर आपत्तिजनक रहेको पार्टी प्रवक्ता प्रकाशचन्द्र परियारले बताए ।

पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी पीडितहरूको समस्या सम्बोधन गर्न र अध्यादेश फिर्ता लिएर लोकतन्त्रको साख बचाउन सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ३ : ५६ बजे

नासामा ३४ वर्षपछि महिला नेतृत्व

काठमाडौं– नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को अध्यक्षमा विद्या

बिडिसिए कपः एक दिवसीय क्रिकेट सुरु

बैतडी– प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट तथा

सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालनमा आउने

काठमाडौं– आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने

गुल्मीमा सडक मापदण्डभित्रका घरटहरा हटाउन आग्रह

गुल्मी– यहाँस्थित रुरुक्षेत्र गाउँपालिकाले सडक स्तरोन्नति सहज र प्रभावकारी बनाउन सडक

पहिलो त्रैमासिक अवधिमा अधिकांश वाणिज्य बैंकको नाफा घट्यो

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक अवधिमा अधिकांश वाणिज्य