‘वैदेशिक रोजगार बोर्ड खारेज हुनुपर्छ’ « Khabarhub

‘वैदेशिक रोजगार बोर्ड खारेज हुनुपर्छ’


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भक्तपुरमा आज आयोजित कार्यक्रमका सहभागीहरूले वैदेशिक रोजगार बोर्ड खारेज गर्नुपर्ने माग राखेका छन् । कानून अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) ले मानव बेचबिखन तथा बाल संरक्षणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन कानूनको व्यवस्थाबारे जानकारी दिन आयोजित अभिमुखीकरणमा सहभागीहरूले मानव तस्करीको मुख्य कारण वैदेशिक रोजगारी बनिरहेको र यही कारण बोर्ड खारेज गर्नुपर्ने बताएका हुन् ।

करिब तीन दशकदेखि नेपाली श्रमबजारको विषयमा कलम चलाउँदै आएका पत्रकार विजय विस्फोटले वैदेशिक रोजगारीको नाममा एउटा देशमा लाने भनेर अर्को देश पुर्याउने, एउटा काममा लगाउँंछु भनी अर्को काम गराउनले, यहाँबाट समझदारी गरेभन्दा बढी समय काम गराउनेलगायत कारण मानव बेचबिखन भइरहेको बताए । यही कारण नेपाली युवालाई विदेश पठाउने सरकारी नीति आफैंमा गलत भएको उनको भनाइ छ ।

अधिवक्ता कपिल अर्यालले मानव बेचबिखनमा पर्ने र बालबालिका पीडित हुने विविध कारणबारे चर्चा गरेका थिए । बालबालिकालाई पीडित हुनबाट मात्र नजोगाई उनीहरूमाथि अपराध हुन नदिन, पीडामा परेपछि क्षतिपूर्तिको व्यवस्था, समाजमा पुनःस्थापनालगायतमा ध्यान दिनुपर्ने बताए ।

पत्रकार जनकराज सापकोटाले वैदेशिक रोजगारी, कलाकारितालगायतका नाउँमा मानव बेचविखन तथा ओसारपसार बढिरहेको सुनाए । यस्तो कार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय रहेको उनको बुझाइ छ । अभिमुखीकरणको उद्घाटन भक्तपुर जिल्ला समन्वय समितिकी उपप्रमुख सुजाता बाडेले गरेकी थिइन् ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ४ : ०२ बजे

कङ्गोमा इबोला प्रकोपको कारण ८० जनाको मृत्यु

काठमाडौं- लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट मृत्यु

‘ट्रयाक’ खुलेको अट्ठाइस वर्षपछि सडक कालोपत्र

ढोरपाटन– काठेखोला गाउँपालिका–४ तङ्ग्राम गाउँ जोड्ने सडकको ‘ट्रयाक’ खुलेको २८

‘होल्डिङ सेन्टर’का चौध बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था

काठमाडौं– काठमाडौँ महानगरपालिकाले राधास्वामी सत्सङ्ग व्यास आश्रम ‘होल्डिङ सेन्टर’मा रहेका

प्राधिकरणका कर्मचारी अन्य कम्पनीमा सञ्चालक बनेकामा महालेखापरीक्षकको प्रश्न

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहितका कर्मचारीलाई सञ्चालकका रूपमा एकभन्दा

फोहोरको स्रोतमै पृथकीकरण नहुँदा वातावरणमा नकारात्मक असर

काठमाडौं– काठमाडौँ उपत्यकाको फोहोरको स्रोतमै पृथकीकरण गरी प्रकृतिअनुसार व्यवस्थापन नगरी