औपचारिक कार्यक्रमका पुराना ढर्रा त्यागौँ : सांसद पौडेल « Khabarhub

औपचारिक कार्यक्रमका पुराना ढर्रा त्यागौँ : सांसद पौडेल


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभा सांसद डा. बिमला राई पौडेलले औपचारिक कार्यक्रमको पुरानो ढाँचालाई त्याग्दै प्रेस काउन्सिल नेपालले बेग्लै शैली अपनाएको भन्दै प्रशंसा गरेकी छिन् ।

मङ्गलबार प्रेस काउन्सिल नेपालले आयोजना गरेको एक कार्यक्रममा सांसद पौडेलले औपचारिक कार्यक्रमको पुरानो ढाँचालाई त्याग्दै फरक शैली अपनाएको भन्दै प्रशंसा गरेकी हुन् ।

उक्त कार्यक्रममा सहभागी वक्ता सांसदहरु, विज्ञ, सञ्चारकर्मी, सरोकारवाला सबैलाई समान ढङ्गले राखिएको थियो ।

खासगरी सरकारी कार्यक्रम आयोजना हुँदा मञ्चलाई बोझिलो बनाएको, अतिथि वक्ता बढी राखी विषयवस्तुमा कम छलफल हुने गरेको भन्दै उनले सबैले छरितो ढङ्गले कार्यक्रम गर्नुपर्ने सुझाव दिइन् ।

‘यहाँ मैले कुनै मञ्च पनि देखिनँ, कुनै प्रमुख अतिथि र अतिथिहरूको लावालस्कर पनि देखिनँ । बोल्ने र सुझाव दिने सबै बराबरी र आमनेसामने पाएँ । हामी सबैले यस्तै गरौँ, पुरानो ढर्रा त्यागौँ ।’ उक्त कार्यक्रममा सांसद पौडेलले भनिन् ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं सांसद सोविता गौतम, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ७ : ४१ बजे

काठमाडौँमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु

काठमाडौँ– हिमालयन रिम फिल्म प्रदर्शनी सुरु भएको छ । ‘मार्शल

विश्वकप २०२६ का सबैभन्दा महंगा प्रशिक्षक को हुन् ?

फिफा विश्वकप २०२६ अब ढोकामै आइपुगेको छ। अमेरिका, मेक्सिको र

भोजपुरको षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच

भोजपुर– भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी

म्याग्दीका तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण

म्याग्दी– ऊर्जा, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत चालु आर्थिक

प्रधानमन्त्री बालेन लक्षित रविका दाजुको व्यङ्ग्य: ‘संसद् नजाने भए टेलिभिजनमा बोलाएर र्‍याखर्‍याख्ती पार’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका