स्मार्ट आमाबाबु बन्न अपनाउनुस् यी उपाय | Khabarhub Khabarhub

स्मार्ट आमाबाबु बन्न अपनाउनुस् यी उपाय


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक दम्पत्तिको चाहना हुन्छ, स्मार्ट आमाबाबु बन्ने । तर समयको व्यस्तता र साना साना गल्तीका कारण आफूहरु बच्चाका लागि स्मार्ट बाबुआमा नभएको अनुभव हुने गर्दछ।

यस्तो समस्या पछिल्लो समयका आमाबाबुमा बढी देखिने गरेको छ। आमाबाबु नै कामकाजी भएकाले पनि बच्चालाई समय दिन नसक्नु, बच्चाको आवश्यकता पूरा गर्न नसक्नु जस्ता कुराले बच्चामा पनि नकारात्मक प्रभाव पर्ने गर्दछ।

त्यसैले बच्चाको स्वभाव पनि उग्र बन्दै जान्छ। बच्चालाई सही बाटोमा हिँडाउनका लागि आमाबाबुको ठूलो भूमिका नै महत्वपूर्ण रहन्छ। बच्चालाई ज्ञानी, संस्कारी र चलाख बनाउन सक्नु नै स्मार्ट आमाबाबु बन्नु हो। आज हामी तपाईलाई स्मार्ट आमाबाबु कसरी बन्ने भन्ने बारेमा जानकारी दिँदैछौँ-

समय दिनुहोस्
आजभोलि आमाबाबु नै कामकाजी भएकाले बच्चालाई धेरै समय दिन पाउँदैनन्। अझ बन्ने हो भने पुरुषको मामिलामा यो बढी देखिन्छ। तर यसो गर्दा बच्चामा एक्लोपना महशुस हुने गर्दछ। पुरुषले हप्तामा कम्तीमा एक दिन आफ्नो छुट्टीको बेला आफ्नो केही समय बच्चाहरु लागि दिनुपर्छ भने आमाले बिहान बेलुका नै समय दिनु पर्दछ। समय भएको बेलामा बच्चासँग खेल्ने वा उसलाई कतै घुमाउन लग्नु पर्दछ।

बच्चाको कुरा सुन्नुहोस्
हरेक पटक बच्चालाई आफ्नो मात्र कुरा सुनाउने नगर्नुस् । यसले बच्चाहरु एकहोरो हुन पनि सक्छ । परिवारमा बच्चाहरुको आत्मीयता बढाउन कहिलेकाही उनीहरुको पनि कुरा सुन्ने गर्नुपर्छ ।

केही सीमा तय गर्नु
आफ्ना केही कुरा स्वयं आफूलाई पनि मन परेको हुँदैन र बच्चाहरुमा यस्ता केही बानी हुन्छ जुन तपाईलाई मन परेको हुँदैन । बच्चाको बानी मन परेन भन्दैमा बच्चाहरुलाई झपार्ने वा कुट्ने नगर्नुहोस् । केही कुरा बच्चालाई पनि तपाईंको कुरा मन परेको हुँदैन त्यसैले केही सिमा तय गरेर बच्चालाई मन नपरेको बानी तपाईले हटाउनुहोस् र तपाईलाई मन नपरेको बानी बच्चाबाट छुटाउनुहोस्।

प्रेमको भाव सिकाउनुहोस्
माया, ममता र स्नेहले सबैको मन सजिलै जित्न सकिन्छ । बच्चाहरुको कोमल हृदयलाई जित्नको लागि जहिले पनि स्नेही भावले कुरा गर्नुहोस्। यसले बच्चाहरु सधै खुशी हुन्छ र बच्चाहरुलाई यो आभाष पनि दिनुपर्छ की तपाई उसलाई कति माया गर्नुहुन्छ। यसले बच्चा र आतापिता बीचको स्नेह पनि बढ्छ।

स्वस्थ रहनुहोस्
सानो छदाँ देखि नै बच्चाहरुमा स्वस्थ जीवनशैलीको बानी बसाल्न सकेको खण्डमा जीवनभर बच्चाहरुमा स्वास्थ्यको महत्वको बारेमा बुझिन्छ । यसका लागि बच्चालाई मातापिताको सही मार्गदर्शकको आवश्यक पर्दछ । बिहान चाँडै उठ्ने, योग वा मर्निङ वाक, एक्सोसाइज र खेलमा बच्चाहरुमा उत्साह जगाउनुपर्छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ६ : १२ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र