वीरगञ्जमा फोहोर व्यवस्थापनका लागि मोबाइल एप्लिकेशन « Khabarhub

वीरगञ्जमा फोहोर व्यवस्थापनका लागि मोबाइल एप्लिकेशन


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले नगरको फोहोर व्यवस्थापनका लागि मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको छ।

द एसिया फाउण्डेशनको सहयोग र क्लिन अप नेपालको प्राविधिक व्यवस्थापनमा महानगरले मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको हो। महानगर र क्लिन अप नेपालबीच सम्झौता भएसँगै केही दिनमै यो एप्लिकेशन प्रयोगमा आउने मेयर राजेशमान सिंहले जानकारी दिए।

क्लिन अप नेपालले निर्माण गरेको ‘सफा नेपाल’ नामक एप्लिकेशन एण्ड्रोइड भर्सनमा अहिले उपलब्ध रहेको छ। आउँदा दिनमा आइओएस भर्सनमा पनि निर्माण गरेर प्रयोगमा ल्याइने क्लिन अप नेपालका रविन्द्र लामिछानेले जानकारी दिए।

यो एप्लिकेशन प्रयोगकर्ताले नगरको कुनै पनि ठाउँमा जथाभावी फोहोर फालेको देखेमा वा फोहोर जम्मा भएको देखेमा फोटो खिचेर एप्लिकेशनमा रिपोर्ट गर्न सक्ने छन्।

यसरी रिपोर्ट गरेको फोटोको आधारमा स्थान निर्धारण गरेर फोहोर व्यवस्थापनका लागि तत्कालै महानगरको टोली खटिने छ। यसका साथै फोहोर फाल्दै गरेको व्यक्तिसहितको फोटो पठाए फोहोर फाल्नेको पनि पहिचान गरेर उसलाई दण्डित गरिने मेयर सिंहले बताए।

फोटो पठाउनेलाई भने नगर सफाई अभियानमा सहयोग गर्ने अभियन्ताको रुपमा हौसला बढाउन जरिवानाबाटै पुरस्कारको व्यवस्था मिलाउने पनि उनले बताए। यसरी फोहोर फाल्नेको फोटो खिचेर सूचना दिनेको पहिचान भने गोप्य राखिने छ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ९ : ५१ बजे

लुम्बिनीमा धान रोपाइँले लियो गति, २०‍.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

भैरहवा– लुम्बिनी प्रदेशमा यस वर्ष मनसुन ढिलो सक्रिय भएपछि धान

तोलामा १ हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

पर्यटनलाई कृषिसँग जोड्न ‘रोपाइँ महोत्सव’

काठमाडौँ– पर्यटनलाई कृषिसँग जोड्दै मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउने उद्देश्यले ‘रोपाइँ’

नवनियुक्त धितोपत्र बोर्ड अध्यक्षको शपथ: लोभ र प्रलोभनमा नपरी काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

म्याग्दी– पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो पाखामा