यस वर्षको आदर्श विशेष सम्मान गायक थापालाई  « Khabarhub

यस वर्षको आदर्श विशेष सम्मान गायक थापालाई 


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

गलकोट– यस वर्षको आदर्श विशेष सम्मान चर्चित गायक वसन्त थापालाई  प्रदान गरिएको छ । बागलुङमा सञ्चार क्षेत्रमा क्रियाशील आदर्श सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान–२०७९ गायक तथा सर्जक थापालाई प्रदान गरेको हो । 

सहकारीको १६ औँ वार्षिक साधारणसभाका अवसरमा घोषणा गरिएको उक्त सम्मान प्रदान गरिएको आदर्श सहकारीले जनाएको छ । संस्थाका संस्थापक अध्यक्ष तथा  निवर्तमान सांसद मनकुमारी केसी र संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले थापालाई नगद २५ हजारसहित सम्मान गरेका हुन्। 

कलाकारितामा दुई दशकदेखि निरन्तर साधनारत रही नेपाली मौलिक लोक सङ्गीतको जगेर्ना र विकासमा गायक थापाले पुर्‍याएको योगदान अतुलनीय रहेको भन्दै सम्मानित गरिएको अध्यक्ष जिसीले बताए । गायक  थापाको सालको पातकाे टपरी हुने नहुने सल्लेको, खेतमा बोके झार, लोभी आँखा, बस्यो माया नबोली नबोलीलगायत चर्चित गीतमा आवाज तथा सङ्गीत दिएका छन् । उनको भर्खरै मात्र सार्वजनिक भएको गीत ‘हुन्छ भन’ भन्ने गीत युट्युबको ट्रेन्डिङमा छ । आदर्श सञ्चार सहकारीले प्रदान गर्ने आदर्श विशेष सम्मानबाट दुई वर्षअघि चर्चित गायक प्रकाश सपूतलाई प्रदान गरिएको थियो ।

 यस्तै सिर्जनशील पत्रकारिता पुरस्कार बागलुङका पत्रकार कोपिला कँडेललाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारीका सहसम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षेत्रीले २०७१ सालमा विवाह खर्च कटाएर स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कार नगद रु १० हजार राशिको हो । डेढ दशकदेखि पत्रकारितामा क्रियाशील कँडेल रेडियो नेपाल, धौलागिरि एफएम र धौलागिरि टेलिभिजनमा समेत कार्यरत छिन्। 

समाजमा विद्यमान भड्किलो विवाहविरुद्ध पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षेत्रीले विवाह खर्च कटाएर ५० हजारको आदर्श सञ्चार सहकारीमा अक्षयकोष स्थापना गरेका थिए । उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरिका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिँदै आएको छ । अहिले उक्त कोषको राशि एक लाख पुर्‍याइएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ४ : १९ बजे

प्रधानमन्त्रीलाई मेसेज गर्दा पक्राउ परेका सचिव पुष्कर अनिवार्य अवकाशमा

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई मेसेज गर्दा पक्राउ परेका सचिव

प्रधानमन्त्री बालेनले पहिलोपटक गरे उद्योगी व्यवसायीसँग छलफल 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक

सरकारमा अधिनायकवादी प्रवृत्तिको प्रतिविम्ब देखियो : पद्मा अर्याल

काठमाडौं- नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले वर्तमान सरकारको सय

इरानसँगको युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा, नयाँ सम्झौता नहुने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम अब समाप्त भएको

वन अधिकृत यादव घुससहित पक्राउ

काठमाडौं– सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल राय