यस वर्षको आदर्श विशेष सम्मान गायक थापालाई  | Khabarhub Khabarhub

यस वर्षको आदर्श विशेष सम्मान गायक थापालाई 


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

गलकोट– यस वर्षको आदर्श विशेष सम्मान चर्चित गायक वसन्त थापालाई  प्रदान गरिएको छ । बागलुङमा सञ्चार क्षेत्रमा क्रियाशील आदर्श सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान–२०७९ गायक तथा सर्जक थापालाई प्रदान गरेको हो । 

सहकारीको १६ औँ वार्षिक साधारणसभाका अवसरमा घोषणा गरिएको उक्त सम्मान प्रदान गरिएको आदर्श सहकारीले जनाएको छ । संस्थाका संस्थापक अध्यक्ष तथा  निवर्तमान सांसद मनकुमारी केसी र संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले थापालाई नगद २५ हजारसहित सम्मान गरेका हुन्। 

कलाकारितामा दुई दशकदेखि निरन्तर साधनारत रही नेपाली मौलिक लोक सङ्गीतको जगेर्ना र विकासमा गायक थापाले पुर्‍याएको योगदान अतुलनीय रहेको भन्दै सम्मानित गरिएको अध्यक्ष जिसीले बताए । गायक  थापाको सालको पातकाे टपरी हुने नहुने सल्लेको, खेतमा बोके झार, लोभी आँखा, बस्यो माया नबोली नबोलीलगायत चर्चित गीतमा आवाज तथा सङ्गीत दिएका छन् । उनको भर्खरै मात्र सार्वजनिक भएको गीत ‘हुन्छ भन’ भन्ने गीत युट्युबको ट्रेन्डिङमा छ । आदर्श सञ्चार सहकारीले प्रदान गर्ने आदर्श विशेष सम्मानबाट दुई वर्षअघि चर्चित गायक प्रकाश सपूतलाई प्रदान गरिएको थियो ।

 यस्तै सिर्जनशील पत्रकारिता पुरस्कार बागलुङका पत्रकार कोपिला कँडेललाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारीका सहसम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षेत्रीले २०७१ सालमा विवाह खर्च कटाएर स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कार नगद रु १० हजार राशिको हो । डेढ दशकदेखि पत्रकारितामा क्रियाशील कँडेल रेडियो नेपाल, धौलागिरि एफएम र धौलागिरि टेलिभिजनमा समेत कार्यरत छिन्। 

समाजमा विद्यमान भड्किलो विवाहविरुद्ध पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षेत्रीले विवाह खर्च कटाएर ५० हजारको आदर्श सञ्चार सहकारीमा अक्षयकोष स्थापना गरेका थिए । उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरिका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिँदै आएको छ । अहिले उक्त कोषको राशि एक लाख पुर्‍याइएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ४ : १९ बजे

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागू गरिने

काठमाडौं– सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागू गर्ने भएको छ

ठूला अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने

काठमाडौं– सरकारले पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा

सुरक्षा निकायको क्षमता अभिवृद्धि गरिने 

काठमाडौं– सरकारले नेपाली सेना लगायत सबै सुरक्षा निकायको क्षमता अभिवृद्धि

पाठेघर क्यान्सरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने

काठमाडौं–  सरकारले पाठेघर क्यान्सरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने  जनाएको छ

सबै प्रदेशमा संचार ग्राम स्थापना गरिने 

काठमाडौं– सरकारले सबै प्रदेशमा संचार ग्राम स्थापना गर्ने भएको छ