अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा नवलपरासीका थापा प्रथम « Khabarhub

अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा नवलपरासीका थापा प्रथम


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

भैरहवा– लुम्बिनी राष्ट्रिय महोत्सवका अवसरमा भैरहवामा आयोजित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि पश्चिम नवलपरासीका बसन्त थापाले हात पारेका छन् । बुधबार भएको फाइनल खेलमा भारतको पंजावका कालिचिता पहलवानलाई पराजित गर्दै थापा पहिलो भएका हुन् । कालिचिताले दोस्रो स्थानमा चित्त बुझाए ।

पहिलो स्थान हासिल गर्न सफल थापाले २५ हजार रुपैयाँ प्राप्त गरे भने दोस्रो भएका कालिचिताले १५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै, पंजावकै अशोक पहलवान तेस्रो भए । विरगंजका बाबा पहलवानले प्रतिस्पर्धा नगरेपछि अशोक तेस्रो स्थान हुन सफल भएका हुन् । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे ।

विजेता खेलाडीहरूलाई महोत्सव एवं कुस्ती प्रतियोगिता आयोजक संस्था सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपाने, संघका बरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, कोषाध्यक्ष गोविन्द ज्ञवाली, खेल संयोजक हरिबहादुर थापा, प्रचारप्रसार संयोजक कृष्णप्रसाद घिमिरे, सिद्धार्थनगर नगरपालिकाका प्रशासन प्रमुख शेखरनाथ पन्थी लगायतले नगद, ट्रफी र मेडल प्रदान गरेका थिए ।

मंसिर २३ बाट सुरु महोत्सवमा २६ देखि २८ गतेसम्म तीन दिन अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता भएको थियो । कुस्तीको लोकप्रियतालाई कायम राख्दै महोत्सवमा अधिक दर्शक भित्र्याउन र खेल संस्कृतिको विकास गर्न भन्दै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको थियो ।

कुस्तीमा नेपालका ८ र भारतका पुरुष तथा महिला गरी १४ जना पहलवानहरुले प्रतिस्पर्धा गरेका थिए । कुस्ती हेर्न गाउँगाउँबाट दर्शकहरूको महोत्सव स्थलमा घुइँचो लागेको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ६ : २३ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा