अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा नवलपरासीका थापा प्रथम | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा नवलपरासीका थापा प्रथम


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

भैरहवा– लुम्बिनी राष्ट्रिय महोत्सवका अवसरमा भैरहवामा आयोजित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि पश्चिम नवलपरासीका बसन्त थापाले हात पारेका छन् । बुधबार भएको फाइनल खेलमा भारतको पंजावका कालिचिता पहलवानलाई पराजित गर्दै थापा पहिलो भएका हुन् । कालिचिताले दोस्रो स्थानमा चित्त बुझाए ।

पहिलो स्थान हासिल गर्न सफल थापाले २५ हजार रुपैयाँ प्राप्त गरे भने दोस्रो भएका कालिचिताले १५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै, पंजावकै अशोक पहलवान तेस्रो भए । विरगंजका बाबा पहलवानले प्रतिस्पर्धा नगरेपछि अशोक तेस्रो स्थान हुन सफल भएका हुन् । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे ।

विजेता खेलाडीहरूलाई महोत्सव एवं कुस्ती प्रतियोगिता आयोजक संस्था सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपाने, संघका बरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, कोषाध्यक्ष गोविन्द ज्ञवाली, खेल संयोजक हरिबहादुर थापा, प्रचारप्रसार संयोजक कृष्णप्रसाद घिमिरे, सिद्धार्थनगर नगरपालिकाका प्रशासन प्रमुख शेखरनाथ पन्थी लगायतले नगद, ट्रफी र मेडल प्रदान गरेका थिए ।

मंसिर २३ बाट सुरु महोत्सवमा २६ देखि २८ गतेसम्म तीन दिन अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता भएको थियो । कुस्तीको लोकप्रियतालाई कायम राख्दै महोत्सवमा अधिक दर्शक भित्र्याउन र खेल संस्कृतिको विकास गर्न भन्दै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको थियो ।

कुस्तीमा नेपालका ८ र भारतका पुरुष तथा महिला गरी १४ जना पहलवानहरुले प्रतिस्पर्धा गरेका थिए । कुस्ती हेर्न गाउँगाउँबाट दर्शकहरूको महोत्सव स्थलमा घुइँचो लागेको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ६ : २३ बजे

कतारले अस्थायी रुपमा बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र

काठमाडौं – इरान र अमेरिकाबीचको सैन्य तनाव चुलिँदै गइरहेका बेला

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण

काठमाडौं – इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको

शिक्षकसँग भएका सम्झौतालाई समावेश गरेर मात्र शिक्षा ऐन आउँछः मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विभिन्न सरकारका

मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति

काठमाडौं – क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति