जनताको रोजाइमा पहिलो पार्टी बनेको भन्दै विशेष कार्यक्रम गर्दै एमाले « Khabarhub

जनताको रोजाइमा पहिलो पार्टी बनेको भन्दै विशेष कार्यक्रम गर्दै एमाले


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मालेले आगामी ५ पुसमा राजधानीमा ‘एमाले जनताको रोजाइमा पहिलो पार्टी’ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा अध्यक्ष केपी ओलीले पार्टीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यलाई बधाई दिनुका साथै सम्बोधन गर्ने छन् । कार्यक्रमलाई एमालेले विजय, बधाई र उत्सवका रूपमा मनाउने भएको छ ।

गत ४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा एमालेबाट प्रतिनिधिसभा सदस्यमा ७८ जना र प्रदेश सभामा १६१ जना सदस्य निर्वाचित भएका छन् । चौतर्फी घेराबन्दीको प्रतिकूल परिस्थितिमा पनि लोकप्रिय मतमा पहिलो भएको भन्दै एमालेले विशेष कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रममा प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरू, प्रदेश सभामा नवनिर्वाचित सदस्यहरू, राष्ट्रिय सभाका बहालवाला सदस्यहरू, प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरू, निर्वाचन परिचालन कमिटीका सदस्यहरू-पार्टीका केन्द्रीय सदस्यहरू, केन्द्रीय निकाय प्रमुख र पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिव, केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय कार्यालय सचिव, प्रदेश कमिटीका पदाधिकारीहरू, जनसंगठनका थप तीनजना पदाधिकारी, केन्द्रीय कार्यालय र परिचालनमा संलग्नहरूलाई आमन्त्रण गरिएको एमालेले जनाएको छ । 

 

 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  २ : १४ बजे

मैवाखोलामा आगलागी, एक घर जलेर नष्ट

ताप्लेजुङ– जिल्लाको मैवाखोला गाउँपालिका-६ हाफाबुङमा आगलागी हुँदा एक घर पूर्ण

सरकारी कार्यालय वरपरका पसल अनुगमन : फोटोकपी र पिउने पानीमा ठगिँदै उपभोक्ता

टीकापुर– कैलालीको टीकापुरका सरकारी कार्यालयहरू इलाका प्रशासन कार्यालय, मालपोत, नापीलगायत

‘मार्को लु’ बनेर चीन पसे अमेरिकी विदेशमन्त्री रुबियो

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै विदेशमन्त्री मार्को रुबियो पनि यतिबेला

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई पद

त्रिविको निमित्त उपकुलपति बने प्रा. डा. सुशील बज्राचार्य

काठमाडौं- सरकारले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा इन्जिनियरिङ अध्ययन संस्थानका डीन