'सरकारले राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश देशको अहितमा'  | Khabarhub Khabarhub

‘सरकारले राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश देशको अहितमा’ 


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का नेता भीमबहादुर रावलले सरकारले राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश देशको अहितमा रहेको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा रावलले वर्तमान सरकार कामचलाउ र प्रधानमन्त्री शेरबहादुर देउवा सङ्क्रमणकालीन प्रधानमन्त्री भएकोले यस्तो बेलामा देशको अहित हुनेगरि अध्यादेश ल्याउनु गैरसंवैधानिक कदम भएको भन्दै अविलम्ब अध्यादेश फिर्ताको आग्रह गरेका हुन् ।  

उनले अहिले आएको अध्यादेश निहित स्वार्थ बोकेर आएको आरोप लगाएका छन् । रावलले छैटौँ पटक प्रधानमन्त्री हुनको लागि निहित स्वार्थबाट प्रेरित भएर देउवाले यस्तो अध्यादेश जारी गर्ने काम गरेको भन्दै उक्त कदमले देउवाको विगतको तितो कुराको पुनरावृत्ति भएको महसुस हुने पनि उल्लेख गरे ।

मुलुकी फौजदारी कार्यविधि संहिता धेरै लामो समय लगाएर, कानुनविद्हरूको बीचमा छलफल भएर जारी गरेको कानून भएकाले नयाँ संसद् आउन लागेको अवस्थामा यसरी अध्यादेश ल्याउनु गम्भीर गलत भएको उनले बताए । रावलले नेपालका शीर्ष नेताहरूले देशमा नयाँ सरकार गठनको लागि विदेशी राजदूतसँग साउती मार्न थालेको गम्भीर आरोप लगाए ।

रावलले प्रधानमन्त्री आलोपालो हुने भन्ने विषय र संवैधानिक निकायमा भागण्बडाको कुरा चलिरहेको भएपनि देशको गम्भीर सवालमा दलहरूले ध्यान नदिएको गुनासो गरे । रावलले नयाँ सरकार गठनमा पनि कमसेकम समान दृष्टिकोण भएकाहरू मिल्नुपर्नेमा जोड दिए ।  

 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ६ : १७ बजे

ऐतिहासिक लगख्यः हिटी सरसफाइ गर्दै (तस्बिरहरू)

काठमाडौं– ललितपुर महानगरपालिका–१५ मा अवस्थित ऐतिहासिक लगख्यः हिटी, जसको निर्माण

बडिमालिका तीर्थयात्रीका लागि चिकित्सक टोली परिचालन

मान्म– बडिमालिका जाने तीर्थयात्रीका लागि कालीकोटको रास्कोट नगरपालिकाले चिकित्सकसहितको टोली

बागमतीका मुख्यमन्त्रीले बुझाए राजीनामा, नयाँ मुख्यमन्त्री चयन प्रक्रिया सुरू

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सोमबार पदबाट राजीनामा दिएका

प्रतिनिधिसभा बैठकबाट बाहिरिए रास्वपा र राप्रपा

काठमाडौं– गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणको छानबिनका लागि

पहिरोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु– बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा