जापानको राजकीय सम्मान वरिष्ठ नेता पौडेललाई « Khabarhub

जापानको राजकीय सम्मान वरिष्ठ नेता पौडेललाई


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मानले विभूषित गरेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उनलाई आज जापानी राजदूतको निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको हो ।

जापानी सम्राट मेइजीले सुरु गरेकाे राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ आज वरिष्ठ नेता पौडेलले ग्रहण गरे । विश्वका विशिष्ट व्यक्तिहरूलाई प्रदान गरिने यो सबैभन्दा उच्च सम्मान वरिष्ठ नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्सलाई प्रदान गरिने घोषणा गरिएको थियो ।

वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्वसभामुखको हैसियतमा दुई देशबीचका संसदीय  सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल-जापान सम्बन्ध सुदृढमा गरेको योगदानका लागि विभूषित गरिएको हो । 

वरिष्ठ नेता पौडेलले आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल-जापानमैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलोे अध्यक्षसमेत रहेका थिए । उनी सन् २०१७ सम्म लिगको नेतृत्वमा रहनुका साथै द्विपक्षीय सम्बन्धको प्रवर्द्धनमा पनि सक्रियरूपमा संलग्न थिए ।

विभूषितपछि वरिष्ठ नेता पौडेलले उच्च सम्मानका लागि जापानी सम्राट, सरकार र जनताप्रति कृतज्ञता व्यक्त गर्दै यसले आगामी दिनमा द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले जापानले नेपालको विकास निर्माण, कृषि, विपद् व्यवस्थापन, प्रविधि, लोकतन्त्र संस्थागतलगायत क्षेत्रमा गर्दै आएको सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा थप निरन्तरताको अपेक्षा गरे ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वरिष्ठ नेता पौडेललाई उच्च सम्मान गरेकामा जापान सरकारलाई धन्यवाद दिँदै यसले आगामी दिनमा द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन योगदान पुग्ने बताए ।

वरिष्ठ नेता पौडेलले आफ्नो लामो राजनीतिक जीवनकालमा सांसद, मन्त्री, सभामुखलगायत हैसियतमा देशलाई गरेको  योगदान स्मरण गर्दै मन्त्री कार्कीले उनले सभामुखका रूपमा सन् १९९९ मा जापान-नेपालमैत्री संसदीय लिगको स्थापना गरी निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाले सरकार तहदेखि संसदीय तह र जनताको तहसम्म द्विपक्षीय सम्बन्ध विस्तार गर्न मद्दत पुगेको विश्वास व्यक्त गरे ।

साथै उनले सामाजिक, आर्थिक र पूर्वाधार क्षेत्रमा नेपाललाई निरन्तर सहयोग गरेकामा जापान सरकारप्रति आभार व्यक्त गरे । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, कांग्रेसका नेता, सांसद, पूर्वमन्त्री, पूर्वमुख्यमन्त्रीलगायत विशिष्ट व्यक्ति उपस्थित थिए ।

 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ७ : १४ बजे

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फ्रान्स विश्वकपको अघिल्लो चरणमा : ३-० ले पराजित इराक बाहिरियो

काठमाडौँ – साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–०

इराकविरुद्ध एमबाप्पेले गरे दुई गोल

काठमाडौँ – विश्वकप अन्तर्गत अहिले फ्रान्स र इराकको खेल जारी

मेसीले रचे इतिहास: १८ गोलसहित बने विश्वकपकै उच्च गोलकर्ता

काठमाडौँ – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपको इतिहासमा सर्वकालीन