सिञ्जा गाउँपालिकाद्वारा घरमै पुगेर स्वास्थ्य सेवा « Khabarhub

सिञ्जा गाउँपालिकाद्वारा घरमै पुगेर स्वास्थ्य सेवा


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरीको घरमै पुगेर स्वास्थ्योपचार सेवा दिने गरेको छ । यहाँका ज्येष्ठ नागरिक र शारीरिकरूपमा कमजोर बनेका व्यक्तिलाई स्वास्थ्य संस्थाको पहुँचमा पु¥याउन निःशुल्क उपचार सेवासहित घरदैलोमै स्वास्थ्य सेवा दिने गरेको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

सिञ्जाका स्थानीयवासीको आवश्यकताका आधारमा सेवा दिने गरिएको छ । अध्यक्ष धितालले भने, “ज्येष्ठ नागरिकका लागि र गर्भवती र सुत्केरी भइसकेकालाई प्रत्येक महिनामा घरदैलोमार्फत निःशुल्क स्वाथ्य सेवा दिइने कार्यक्रमको थालनी भएको छ ।” गर्भवती, ज्येष्ठ नागरिक र दमका बिरामीका लागि गाउँ केन्द्रित सेवा दिन गरेको सिञ्जाका अध्यक्ष धितालले जानकारी दिए ।

स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी सेवा दिने गरिएको सिञ्जा गाउँपालिका स्वाथ्य शाखाका प्रमुख ललितजङ्ग रोकायाले बताए।

स्थानीय सरकारले हिउँदयाममा स्वास्थ्य सेवा गाउँमै दिन थालेपछि यहाँका ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरीलाई निकै राहत पुगेको छ । यो समयमा यहाँ अत्यधिक जाडो हुने गरेको छ । उपचार गर्ने स्वास्थ्य संस्थामा जान पनि ज्येष्ठ नागरिकलाई सकस हुन्छ । पालिकाका स्वास्थ्यकर्मीसहितको टोलीले गाउँमै सेवा दिँदा सिञ्जाका स्थानीयवासीलाई राहत मिलेको स्थानीयवासी लीला रावतले बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ८ : ३८ बजे

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी