सरकारी जागिरसँगै तरकारी खेती « Khabarhub

सरकारी जागिरसँगै तरकारी खेती


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

मान्म – कालीकोट खाँडाचक्र नगरपालिका–३ का ४९ वर्षीया जयप्रकाश पाण्डे पेसाले सरकारी जागिरे हुन । तर उनी फुर्सदको समयमा घरमा नै बेमौसमी तरकारी खेती गर्छन । नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय कालीकोटमा फोरम्यानको सरकारी जागिर पेसा गरिरहेका पाण्डेले खाँडाचक्र–३ ताडीगाउँमा बेमौसमी तरकारी खेती गरेका छन् ।

विसं २०६२ मा नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयबाट सरकारी सेवा सुरु गरेका पाण्डे गाउँमा नै फुर्सदको समयका बेमौसमी तरकारी खेती गरेर मनग्य आम्दानी लिने गरेका छन् । “कार्यालयबाट बचेको समय, बिदाको दिन र बिहान बेलुका घरमा नै तरकारी खेती गर्छु”, उनले भने, “यसबाट आम्दानी र घरपरिवार चलाउनका लागि व्ययभार कम भएको छ ।”

पाण्डे गाउँमा बेमौसमी तरकारी खेती, आलु, टमाटर, मुला, गाँजर, फर्सीलगायतका तरकारी खेती गर्ने गरेको उनले बताए । “कालीकोटको सरदमुकाम बजार मान्म नजिकै रहेको छ”, उनले भने, “बजारको मागअनुसार मैले विभिन्नखाले तरकारी खेती गर्ने गरेको छु ।”

आफ्नै बारीको १० हेक्टर जमिनमा तरकारी खेती गर्ने गरेको र त्यसमा परिवारले सघाउने गरेको पाण्डेले बताए । “फुर्सदको समयमा मैले काम गर्ने गरेको छु । यसमा परिवारका अन्य सदस्यले पनि काम गर्नुहुन्छ”, उनले भने, “सरकारी जागिरले मात्र परिवार पाल्न सकिँदैन । त्यसैले पनि तरकारी खेती गर्ने गरेको छु ।”

सरकारी जागिरको सिलसिलामा विसं २०७३/७४ मा दुई वर्ष मुगु जिल्लामा रहँदा घरमा तरकारी खेती श्रीमतीले गरेको र अहिले आफू घर नजिकैै रहँदा आफूले फुर्सदको समयमा तरकारी खेती गर्ने गरेको पाण्डेले जानकारी दिए ।

तरकारी उत्पादन गर्न सकेमा बजारीकरणको समस्या नभएको पाण्डेले जानकारी दिए । उनले भने, “कर्णाली राजमार्ग नजिकै भएका कारणले सुर्खेत, जुम्ला तथा कर्णाली राजमार्गका अन्य बजारमा बजारीकरण गर्न सकिन्छ ।”

तरकारी खेती आम्दानीको स्रोत भएको र वार्षिक रु एक लाखदेखि एक लाख ५० हजारसम्म कमाइ हुने गरेको पाण्डेले बताए । “सरकारी सेवामा नहुँदा हाम्रो प्रमुख काम कृषि पेशा नै थियो । बारीमा गहुँ, मकै, कोदो धानजस्ता अन्नबाली रोप्ने गरेका थियौँ”, उनले भने, “पछिल्लो समय अन्नबालीभन्दा बेमौसमी तरकारी खेती गर्ने गरेका छौँ ।”

तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिने भए पनि गाउँका प्रायःजसो किसानले तरकारी खेतीजस्तो नगदेबाली लगाउन छाडेर अहिले अन्नबालीमा भर पर्ने गरेको उनको भनाइ रहेको छ । “अझै पनि ग्रामीण इलाकामा तरकारी तथा अन्य नगदे बालीको खेती गर्ने बानीको विकास हुनसकेको छैन”, उनले भने, “पराम्परागतरूपमा गर्ने खेती प्रणालीमा नै अहिलेको समाज निर्भर छ ।”

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ८ : ५२ बजे

सुकुम्बासीहरुको स्क्रिनिङसँगै स्वास्थ्य जाँच तथा परामर्शका लागि टोली परिचालन

काठमाडौं– अव्यवस्थित बस्तीबाट स्क्रिनिङका लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा

सरकारी प्रणाली ह्याक गरी ठेक्कामा हेरफेर : थप एकजना ठेकेदार र लेखापाल पक्राउ

काठमाडौं– सार्वजनिक खरिदसम्बन्धी सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई-गभर्न्मेन्टव

बुटवलमा पनि चल्यो डोजर, सरकारी जमिनबाट धमाधम हटाइँदै संरचना

बुटवल– बुटवलस्थित उच्च अदालतको अतिक्रमित सरकारी जग्गा खाली गराउन बिहान १०

छैटौँ दुगुनागढी-लिस्तिकोट ‘माउन्टेन ट्रेल रेस’ आगामी सोमबार

काठमाडौं– साहसिक खेल प्रवर्द्धन तथा नेपाली सेनाको इतिहासबारे भावी पुस्तालाई

चालिस युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम

टीकापुर– यहाँका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र ‘अफसेट छपाइ मेसिन