गुल्मीमै अक्सिजन उत्पादनले बिरामीलाई राहत | Khabarhub Khabarhub

गुल्मीमै अक्सिजन उत्पादनले बिरामीलाई राहत


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तम्घास – विगत एक वर्षदेखि गुल्मी अस्पतालले प्लान्टको स्थापना गरेर अक्सिजन उत्पादन गर्दै आएको छ । कोरोना महामारीको समयमा अक्सिजन अभाव हुँदा बिरामीले ज्यान गुमाउनुपरेपछि नेपाल पत्रकार महासङ्घ गुल्मी, जिल्ला उद्योग वाणिज्य सङ्घ गुल्मी र नेपाल सरकारसमेतको पहल तथा सक्रियतामा प्लान्टको स्थापना भएको थियो ।

गुल्मी अस्पतालमा एक वर्षअघिसम्म बुटवलबाट सिलिण्डरमा अक्सिजन भरेर ल्याउनुपर्ने बाध्यता थियो । गुल्मी अस्पतालका प्रमुख डा उत्तम पच्याले पहिला अक्सिजन बाहिरबाट ल्याउँदा ढुवानीको समस्या र धेरै बिरामी भर्ना गर्न नसकिने समस्या हुने गरेको बताए । कोरोना महामारीको समयमा सङ्घसंस्था र सरकारको सहयोगबाट जिल्लामै अक्सिजन उत्पादन हुँदा बिरामीलाई राहत भएको छ । विसं २०७८ मङ्सिरबाट अक्सिजनको उत्पादन हुन थालेको हो ।

अस्पतालमा अहिले दैनिक ४० सिलिण्डर अक्सिजन उत्पादन हुन्छ । एक सिलिण्डरमा छ हजार पाँच सय लिटर अक्सिजन हुन्छ । अक्सिजन साना, मझौला र ठूला गरी तीन तहका सिलिण्डरमा भरिन्छ । सानो रु पाँच सय, मझौला एक हजार र ठूलो एक हजार दुई सयमा बिक्री गरिन्छ । तर अस्पतालले सेवामूलक तरिकाले मात्र अक्सिजन उत्पादन गर्दै आएको छ ।

खपत कम हुँदै गएपछि अस्पतालले हप्तामा सोमबार र बिहीबारमात्र उत्पादन गरेको छ । पचास जना बिरामीलाई अहिले पनि एकैपटक मुटु र फोक्सोको दमसम्बन्धी उपचार गर्न सकिने अस्पतालका डा पच्याले जानकारी दिए । “सेवामूलकरूपमा अक्सिजनको उत्पादन गरेका छौँ”, उनले भने, “सामाजिक सङ्घसंस्थाको अगुवाइबाट निर्माण भएपछि धेरै राहत भएको छ ।” अस्पतालले अब सघन उपचार कक्ष सञ्चालन गर्नेछ ।

जिल्ला उद्योग वाणिज्य सङ्घले सबै व्यवसायीबाट सहयोग उठाएर अक्सिजन प्लान्टका लागि भवन निर्माण गरिदिएको छ । कुल रु १४ लाख ४६ हजारमा सङ्घले भवन बनाएको अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताए । “महामारीको समयमा जनताप्रति उत्तरदायी भएर सहयोग उठाएका हौँ”, पौडेलले भने ।

अक्सिजन प्लान्ट बन्नुमा सुरुमा नेपाल पत्रकार महासङ्घको सक्रियतामा सहयोग उठाउनु हो । महासङ्घले कुल रु ५० लाख प्लान्ट निर्माणमा मात्र सहयोग गरेको थियो । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले महामारी मात्र नभई अन्य समयमा पनि बिरामीलाई अक्सिजन अभाव नहोस् भनेर अभियान थालेको बताए । “महामारीको समयमा अक्सिजन अभाव हुँदा गुल्मेली तड्पनुपरेको थियो”, उनले भने, “अभियानले सार्थकता पाउँदा गुल्मेली पत्रकार खुसी छौँ ।” महासङ्घले अक्सिजन प्लान्ट निर्माण, अन्य स्वास्थ्य सामग्री सहयोग र प्लान्ट बन्नुभन्दा पहिला बुटवलमा सिलिण्डर भर्ने कार्यमा पनि सहयोग गरिएको थियो ।

अक्सिजन प्लान्टको मेसिन खरिदमा रु एक करोड ३१ लाख र भवन निर्माणमा रु १४ लाख ४६ हजार खर्च भएको छ । जसमा नेपाल सरकारको रु एक करोड, पत्रकार महासङ्घको रु ५० लाख र वाणिज्य सङ्घको रु १४ लाख ४६ हजार खर्च भएको हो । केही रकम बचतसमेत भएको छ । अक्सिजन प्लान्टको उद्घाटन तत्कालीन सांसद प्रदीपकुमार ज्ञवालीले गरेका थिए ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले सिङ्गो जिल्लावासीको प्रयत्नबाट अक्सिजन उत्पादन गर्न सफल भएको बताए । “सरकार र नागरिकको सहकार्यको उत्तम नमूना अक्सिजन प्लान्ट हो । अक्सिजनमा जिल्ला आत्मनिर्भर बनेजस्तै अन्य उत्पादनमूलक र सेवामूलक क्षेत्रमा पनि सहकार्यबाट अगाडि बढ्नुपर्छ”, उनले भने ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ९ : १५ बजे

सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

काठमाडौं– सत्तारुढ दलहरूको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास

क्लब विश्वकप : विपक्षीको पोस्टमा ६ गोल गर्दै सिटी दोस्रो चरणमा

काठमाडौं – अल एयनलाई ६-० ले हराउँदै म्यानचेस्टर सिटी फिफा

एसीसी यु–१६ इस्ट जोन क्रिकेट : जापानले ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा

अमेरिकी एयर बेसमा आक्रमणपछि ट्रम्पले युद्धविरामका लागि मनाए नेतान्याहूलाई

दोहा – अमेरिकी सेनाको कतारस्थित सेन्ट्रल कमान्डको हेडक्वार्टरमा इरानले गयराति

बैतडीका दुई विद्यालयमा नेपाली सेनाको एनसीसी तालिम

बैतडी– बैतडीका दुई सामुदायिक विद्यालयमा नेपाली सेनाले राष्ट्रिय सेवा दल