चिसोले गर्दा हृद्यघातको जोखिम धेरै « Khabarhub

चिसोले गर्दा हृद्यघातको जोखिम धेरै

चिसोले गर्ने असर र बच्ने उपाय के हुन् ?


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको छ । चिसोका कारण बिरामी हुनेको संख्या पनि बढेको छ । जसले गर्दा अस्पतालमा बिरामीको संख्या पनि दिन प्रतिदिन बढ्दो छ ।

यस्तो अवस्थामा शरीरलाई बदलिएको मौसममा घुलमिल हुन गाह्रो हुन्छ । मौसम फेरबदल हुँदा खानपान लगायतका कुरामा ध्यान पुर्‍याउन सके यसबाट हुने जोखिमबाट बच्न सकिन्छ ।

तर त्यसका लागि चिसोले गर्ने असर, हुन सक्ने क्षति र त्यसबाट बच्न गर्नुपर्ने उपायका बारेमा राम्ररी थाहा पाउन आवश्यक छ ।

चिसोले पार्न सक्ने असर
–  शरीरलाई बहिरी वातावरणमा समायोजन हुन गाह्रो हुन्छ ।

–  पहिलादेखिको रोगीलाई भने झन् धेरै असर गर्छ ।

–  मुटु तथा हाडजोर्नीको समस्या छ भने बल्झिने हुन्छ ।

–  युरिक एसिड, दमलगायतका रोग छ भने बल्झिने हुन्छ ।

–  रुघाखोकी लाग्ने सम्भावना धेरै हुन्छ ।

–  चिसोका कारण रक्तनली साँघुरिएर रक्त प्रवाहमा असर गर्छ । यसले हृदयाघातको सम्भावना बढेर जान्छ ।

चिसोबाट कसरी बच्ने ?

–  न्यानो कपडा लगाउने ।

–  घरमा बस्दा पनि न्यानो कपडा लगाउने ।

–  आगो ताप्ने ।

–  यो मौसममा शरीरमा पानी कम हुने भएकाले प्रशस्त मात्रामा तातो पानी पिउने ।

–  चिसो खानेकुरा सकेसम्म नखाने, तातो खाना खाने ।

–  धेरै मात्रामा झोलिलो खानेकुरा खाने । धेरै नुनिलो नखाने

–  पौष्टिक खानेकुरामा जोड दिने ।

–  बालबालिका तथा वृद्धवृद्धालाई तेल मसाज गरिदिने ।

–  मर्निङ वाक तथा इभिनिङ वाक नगर्ने ।

–  समस्या परेमा स्वास्थ्य जाँच गराउने ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १० : ३० बजे

भदौ १० को बाढीमा चीनतर्फ २४ देशका ५१९ नागरिक अझै बेपत्ता

बेइजिङ– गत भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरो

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं–  नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई

बाढीपीडित व्यवसायिका लागि पुनरुत्थान प्याकेज : करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौं– सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक

चुलिँदै ग्यास अभाव, लाइनमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले कटान गरेपछि काठमाडौँ भित्रिने

दोस्रो विध्वंसक थप्दै उत्तर कोरिया

एजेन्सी– अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास सुरु