चिसोले गर्दा हृद्यघातको जोखिम धेरै « Khabarhub

चिसोले गर्दा हृद्यघातको जोखिम धेरै

चिसोले गर्ने असर र बच्ने उपाय के हुन् ?


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको छ । चिसोका कारण बिरामी हुनेको संख्या पनि बढेको छ । जसले गर्दा अस्पतालमा बिरामीको संख्या पनि दिन प्रतिदिन बढ्दो छ ।

यस्तो अवस्थामा शरीरलाई बदलिएको मौसममा घुलमिल हुन गाह्रो हुन्छ । मौसम फेरबदल हुँदा खानपान लगायतका कुरामा ध्यान पुर्‍याउन सके यसबाट हुने जोखिमबाट बच्न सकिन्छ ।

तर त्यसका लागि चिसोले गर्ने असर, हुन सक्ने क्षति र त्यसबाट बच्न गर्नुपर्ने उपायका बारेमा राम्ररी थाहा पाउन आवश्यक छ ।

चिसोले पार्न सक्ने असर
–  शरीरलाई बहिरी वातावरणमा समायोजन हुन गाह्रो हुन्छ ।

–  पहिलादेखिको रोगीलाई भने झन् धेरै असर गर्छ ।

–  मुटु तथा हाडजोर्नीको समस्या छ भने बल्झिने हुन्छ ।

–  युरिक एसिड, दमलगायतका रोग छ भने बल्झिने हुन्छ ।

–  रुघाखोकी लाग्ने सम्भावना धेरै हुन्छ ।

–  चिसोका कारण रक्तनली साँघुरिएर रक्त प्रवाहमा असर गर्छ । यसले हृदयाघातको सम्भावना बढेर जान्छ ।

चिसोबाट कसरी बच्ने ?

–  न्यानो कपडा लगाउने ।

–  घरमा बस्दा पनि न्यानो कपडा लगाउने ।

–  आगो ताप्ने ।

–  यो मौसममा शरीरमा पानी कम हुने भएकाले प्रशस्त मात्रामा तातो पानी पिउने ।

–  चिसो खानेकुरा सकेसम्म नखाने, तातो खाना खाने ।

–  धेरै मात्रामा झोलिलो खानेकुरा खाने । धेरै नुनिलो नखाने

–  पौष्टिक खानेकुरामा जोड दिने ।

–  बालबालिका तथा वृद्धवृद्धालाई तेल मसाज गरिदिने ।

–  मर्निङ वाक तथा इभिनिङ वाक नगर्ने ।

–  समस्या परेमा स्वास्थ्य जाँच गराउने ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १० : ३० बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र