रेशम चौधरीको रिहाइको माग गर्दै प्रदर्शन « Khabarhub

रेशम चौधरीको रिहाइको माग गर्दै प्रदर्शन


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलालीको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैद सजाय भुक्तान गरिरहेका रेशम चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भएको छ । नागरिक उन्मुक्ति पार्टीले शुक्रबार चौधरीको रिहाइको माग गर्दै प्रदर्शन गरेको हो ।

चौधरीसहितलाई आममाफी दिने उद्देश्यले सरकारकाले राष्ट्रपतिसमक्ष मुलुकी फौजदारी कार्यविधि संहिता अध्यादेश २०७९ जारी गर्न पेस गरेको छ ।

गत सोमबार सरकारले अध्यादेश पेस गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले भने जारी गरेकी छैनन् । उक्त अध्यादेश जारी गराउन दबाब स्वरुप नागरिक उन्मुक्ति पार्टीले काठमाडौंमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले ‘हाम्रो देश राम्रो अध्यादेश’ लेखिएको प्लेकार्ड बोकेका थिए ।

 

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ३ : ४२ बजे

नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस दीपककुमार साहले शपथ ग्रहण

साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय ग्राहकहरूका लागि

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज– बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधनियाघाटस्थित

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,