वीरगञ्जको गोदामबाट २१ लाख बढीको सामग्री बरामद « Khabarhub

वीरगञ्जको गोदामबाट २१ लाख बढीको सामग्री बरामद


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– भारतबाट तस्करी गरेर वीरगञ्जमा भण्डारण गरी राखिएका खाद्यान्नलगायतका सामग्री प्रहरीले बरामद गरेको छ । वीरगन्ज महानगरपालिका-११ रानीघाटस्थित घरमा गोदाम बनाएर तस्करहरूले भण्डारण गरी राखेका २१ लाखभन्दा बढी मूल्यको चामल, मैदालगायतका सामान बरामद गरिएको वीरगञ्जले जनाएको छ। 

सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय विर्ता र सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट खटिएको संयुक्त टोलीले बिहीबार बेलुकी रानीघाटका चारवटा गोदाममा छापा मारेर ती सामान बरामद गरेको हो । 

प्रहरीले रानीघाटमा श्याम बर्णवाल, सुजित गुप्ता, प्रधुमन गुप्ता र विनोद कुमार साहको अनधिकृत रूपमा गोदाममा लुकाएर राखिएका २८१ क्वीन्टल चामल, १० क्वीन्टल मैदा, २ कार्टुन सर्जिकल मेडिकल सामग्री, ९ कार्टुन हार्पिक, २ कार्टुन ह्याण्डवास र २ कार्टुन स्प्रे गरी २१ लाख १६ हजार ४ सय रुपैयाँ मूल्यका सामान बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

बरामद सामग्रीहरू अनुसन्धान तथा आवश्यक कारबाहीका लागि शुक्रबार दिउँसो वीरगन्ज भन्सार कार्यालय पठाइएको छ । 

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ७ : २५ बजे

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस