संयुक्त राष्ट्रसंघको शान्ति सेनामा नेपाली सैनिकको संख्या ६ हजार नाघ्यो « Khabarhub

संयुक्त राष्ट्रसंघको शान्ति सेनामा नेपाली सैनिकको संख्या ६ हजार नाघ्यो


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथ नेपाली सैनिकको संख्या ६ हजार नाघेको छ। मिनुस्का मिशन मध्य अफ्रिकी गणतन्त्रमा मंसिर २७ गते लाइट इन्फन्ट्री बटालियनको अन्तिम डफ्फामा रहेका २०२ जना शान्ति सैनिकहरूको तैनाथीसँगै शान्ति मिशनहरूमा नेपाली फौजको तैनाथी संख्या ६०१६ पुगेको हो।

नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेपछि विश्वमा नेपाली सुरक्षाकर्मीहरू पनि विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकका कुना-कुनामा शान्ति स्थापनार्थ सहभागी भइरहेका हुन्। 

नेपाली सेनाका अनुसार ६ दशकभन्दा बढी विश्व शान्ति स्थापनाको यात्रामा नेपाली सेनाले ४४ वटा मिशनहरूमा एक लाख ४२ हजार ५८५ जना सैनिक खटाइसकेको छ जसमा १९८२ जना महिला सैनिकहरूसमेत समावेश रहेका छन्।

विश्व शान्ति स्थापनाको यात्रामा हालसम्म ७१ जना नेपाली सेनाका शान्ति सैनिकहरूले सहादत प्राप्त गरेका छन् भने ६८ जना घाइते भएका छन्।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ७ : ३२ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा