कर्णाली र भेरी करिडोरलाई प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री शाही « Khabarhub

कर्णाली र भेरी करिडोरलाई प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री शाही


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मुगु- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले चीन जोड्ने कर्णाली र भेरी करिडोरलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।

मुगुको गमगढीमा आयोजित स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली र भेरी करिडोरको स्तरोन्नतिका लागि आवश्यक बजेट छुट्याउने तयारी भइरहेको बताए। चालू आर्थिक वर्षमा कर्णाली करिडोरका लागि रु तीन अर्ब र भेरी करिडोरका लागि रु दुई अर्ब छुट्याइने उनले बताए । दुवै करिडोर कर्णालीको विकास र समृद्धिका आधार भएकाले प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको मुख्यमन्त्री शाहीको भनाइ थियो ।

साविकको कर्णालीलाई विकास पूर्वाधार निर्माणमा छुट्टै नीतिको खाँचो आवश्यक रहेको उनले बताए । “हुम्लामा अझै सडक पुगेको छैन, डोल्पा र मुगुको अवस्था पनि उस्तै छ”, मुख्यमन्त्री शाहीले भने, “सुर्खेतलाई हेरेर छुट्याइने बजेटले कर्णालीमा पूर्वाधार निर्माण गर्न समस्या भइरहेको छ, प्रदेश सरकारले दुर्गम क्षेत्र लक्षित गरेर नीति ल्याउने तयारी गरिरहेको छ ।” मुख्यमन्त्री शाहीले असारको अन्तिम समयमा भुक्तानी गर्ने परिपाटीले समस्या भएको उल्लेख गर्दै यसबारे आवश्यक छानविन गरिने बताए ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १० : २५ बजे

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा