बिदा मनाउने क्रममा क्याम्पभित्र बसेकालाई पहिरोले बगायो, कम्तीमा २१ जनाको मृत्यु « Khabarhub

बिदा मनाउने क्रममा क्याम्पभित्र बसेकालाई पहिरोले बगायो, कम्तीमा २१ जनाको मृत्यु


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर- मलेसियाको सेलान्गोर राज्यमा बिदा मनाउने एउटा क्याम्पमा पहिरो जाँदा बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ भने केही हराइरहेका छन्। बाटाङ काली बस्तीमा रहेको फार्म स्टेमा पहिरो खस्दा उनीहरुको मृत्यु भएको हो। पहिरो जाँदा उनीहरु पालमा सुतिरहेका थिए।

सयौं उद्धारकर्ताहरूले शुक्रबार बाँचेकाहरूको खोजी गर्न माटो पन्छाएका थिए। फार्मका प्रबन्धकहरूले कम्तिमा ३० बालबालिका र ५१ वयस्कले रातभर बस्नका लागि नाम दर्ता गराएको बताए। १४ जना हराइरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ।

खोजी तथा उद्धार कार्यमा ७०० अधिकारीहरु परिचालन गरिएको छ। मृत्यु हुनेमध्ये चार जना बालबालिका रहेका बताइएको छ। उक्त स्थानमा २० जना प्राथमिक विद्यालयका शिक्षक र उनीहरुका सदस्य रहेका थिए।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ७ : २५ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ