बालबालिकामा आत्महत्या दर विकराल « Khabarhub

बालबालिकामा आत्महत्या दर विकराल


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशमा आत्महत्या गर्ने बालबालिकाको ग्राम निरन्तर बढ्दो लयमा छ । तीन वर्षको तथ्यांकले यस प्रदेशमा बालबालिकाको आत्महत्या दर विकराल रहेका देखिन्छ । कर्णाली प्रदेश प्रहरीका अनुसार यस अवधिका एक सय १९ जना बालबालिकाले आत्महत्या गरेका छन् । जम्मा एक हजार २६ जनाले आत्महत्या गरेकामा त्यसको ११ प्रतिशत बालबालिका रहेका छन् । 

आर्थिक वर्ष २०७/७७ मा ३५ जना, आर्थिक वर्ष ०७७/७८ मा ४१ र ०७८७९ मा ३५ र चालू आर्थिक वर्ष २०७९/८० को हालसम्म आठ जना बालबालिकाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधवप्रसाद श्रेष्ठअनुसार बालबालिकामा आत्महत्या दर डरलाग्दो  भएकाले यसको न्यूनिकरणका लागि सबै सचेत हुनुपर्ने छ । यसतर्फ अभिभावक र सरोकारवाला सचेत रहनु पर्नेमा जोड रहेको छ । 

बालबालिकामा आत्महत्या बढ्नुको कारण सामाजिक सञ्जाल, लागूऔषध दुव्यर्सनी , पारिवारिक कलह, कतिपय चाहेको कुरासमेत नपाउँदा आवेगमा आएर आत्महत्याको बाटो रोज्ने गरेको मनोविमर्शकर्ता बताउँछन्‌। आवाज संस्थाका अनुसार  बालबालिकामा उमेर बढ्दै जाँदा शारीरिकसँगै मानसिक रूपमा पनि सोच परिवर्तन हुँदै जान्छ। यसको सकारात्मक र नकारात्मक प्रभावले सही गलत छुट्टाउन नसक्दा र आफ्ना कुरा अरूसमक्ष राख्न नसक्दा आत्महत्या रोज्ने गरेको पाइएको छ । 

बालबालिकामा पारिवारिक अवस्थाले पनि असर गरेको , बालबालिकाले आफ्ना कुरा भन्न नपाउँदा, बुझ्ने र संरक्षण गर्ने अभिभावक नहुँदा आत्महत्याको बाटो रोज्ने गरेको पनि अर्को कारण रहेको छ । विद्यालयमा बालबालिकाका कुरा सुन्ने, समस्या पहिचान गरेर मनका कुरा राख्ने गोप्य र सुरक्षित वातावरण सिर्जना गर्नुपर्ने तर्फ पनि सचेत हुनुपर्ने भएको छ । 

आत्महत्या गर्नेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी छ। बालकको तुलनामा पनि आत्महत्या गर्नेमा बालिकाको सङ्ख्या बढी छ। प्रहरीको तथ्यांक अनुसार  तीन वर्षको अवधिमा ५१ जना बालकले आत्महत्या गर्दा ६८ जना बालिकाले आत्महत्या गरेका छन्। प्रत्येक वर्षको तथ्यांक हेर्ने हो भने आत्महत्या गर्ने बालकको भन्दा बालिकाको सङ्ख्या बढिरहेको छ।  

 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ३ : ४६ बजे

पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै किसान लक्षित

धुलिखेल–खावा सडकखण्डमा सवारी सञ्चालनमा कडाइ

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडक खण्डमा भइरहेको सडक निर्माण

एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा (एमाले) को संसदीय दल र सचिवालय बैठक आज

भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका

गोदावरी– धनगढी उपमहानगरपालिकाले ‘थारू समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकास

रास्वपा महाधिवेशन : प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि