वैदेशिक रोजगारी पीडित परिवारका १२ सय ८३ जनालाई छात्रवृत्ति | Khabarhub Khabarhub

वैदेशिक रोजगारी पीडित परिवारका १२ सय ८३ जनालाई छात्रवृत्ति


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले चालु आर्थिक वर्ष २०७५/०७६ का लागि ६ सय ६५ छात्र तथा ६ सय २८ छात्रा गरी १ हजार २ सय ८३ जनालाई छात्रवृत्ति दिने निर्णय गरेको छ ।

बोर्डले छात्रवृत्तिका लागि असार मसान्तभित्र बोर्ड सचिवालयमा आइपुग्ने गरी निवेदन पठाउन पनि बोर्डले सम्बन्धीत विद्यालय र व्यक्तिलाई अपिल गरेको छ । बोर्डले वैदेशिक रोजगारीको क्रममा अभिभावक गुमाउनेका परिवारका छोरा छोरीलाई छात्रवृत्ति दिर्दै आएको छ ।

सोही अनुसार १ हजार २ सय ८३ जना विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेको छ । त्यसमा काठमाडौं देखि सिरहासम्मका ४८ जिल्ला रहेका छन् । छात्रवृत्ति पाउनेमा सबैभन्दा बढी झापाका ८१ र त्यसपछि महोत्तरीका ८० विद्यार्थी छन् ।

बोर्ड एक परिवारका दुई जनालाई कक्षा १२ सम्मका लागि छात्रवृत्ति दिने गरेका छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ११ : १७ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

एसिया कप : पाकिस्तान सुपर फोरमा, यूएई समूह चरणबाट बाहिरियो

काठमाडौं – पाकिस्तान एसिया कप क्रिकेटको सुपर फोरमा पुगेको छ

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज २ गते बिहीबार। आश्विन

आज २०८२ साल असोज २ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज २ गते बिहीबार। आश्विन

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र