नगरपालिकाले पत्रकार महासङ्घलाई जग्गा उपलब्ध गराउने | Khabarhub Khabarhub

नगरपालिकाले पत्रकार महासङ्घलाई जग्गा उपलब्ध गराउने


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

गोलबजार– लहान नगरपालिकाले नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका लागि १० धुर जग्गा उपलब्ध गराउने भएको छ । महासङ्घ सिरहा शाखाको १३ औँ साधारणसभामा नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले महासङ्घको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

देश र समाज विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने पत्रकारिता क्षेत्रका लागि आफूले कानूनीरूपमा सबै सहयोग उपलब्ध गराउने विश्वास दिलाउँदै प्रमुख चौधरीले समाजको महत्वपूर्ण क्षेत्र पत्रकारिता जनताको पक्षमा हुनुपर्ने बताए ।

 कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य ललिता साह र महासङ्घ सिरहा शाखाका अध्यक्ष मनोज बनैताले महासङ्घको भवन निर्माणका लागि आवश्यक सहयोग गर्न आग्रह गरे ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ७ : ३५ बजे

कुशे औँसी :  संस्कार, श्रद्धा र सामाजिक शिक्षा

नेपालको सांस्कृतिक जीवन सदैव विविध पर्व र परम्पराले समृद्ध रहेको

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर