‘समावेशिता र सङ्घीयता उल्ट्याउन खोजिएको छ’ « Khabarhub

‘समावेशिता र सङ्घीयता उल्ट्याउन खोजिएको छ’


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले समावेशी र समानुपातिक प्रतिनिधित्व उल्ट्याउने कोसिस भइरहेको दाबी गरेका छन् ।

जागरण मिडिया सेन्टरको २३औँ र रेडियो जागरणको १५औँ वार्षिकोत्सवलाई आज बुटवलमा सम्बोधन गर्दै नेकपा ९माओवादी केन्द्र०का स्थायी कमिटी सदस्य समेत रहनुभएका उनले समावेशिता, सङ्घीयता र धर्मनिपेक्षतालाई उल्ट्याउने र प्राप्त उपलब्धिलाई मास्ने प्रयत्न विभिन्न तहबाट भएको जिकिर गरे ।

यसका लागि राजनीतिक, बौद्धिक, सञ्चार र कानुनी क्षेत्रबाट प्रहार भएको उनको टिप्पणी छ । उनले नेपालका राजनीतिक दलले दलित समुदाय मुुद्दा साझा बनाउन नसकेको बताए । “जातीय छुुवाछूतको विषय सबैको साझा समस्या बन्नुुपर्छ”, उनले भने, “यसका लागि दलित र गैरदलित दुुवैले साझा अभियान चलाउनुपर्छ ।”

सञ्चारमाध्यले समाजिक रुपमा पछाडि पारिएका समुदायको आवाजलाई प्राथमिकता दिनुुपर्नेमा उनले जोड दिए । उनले जागरण मिडियाले नेपाली सञ्चार क्षेत्रमा समावेशिताको मुद्दालाई अझ सशक्त रुपमा उठाउनुपर्ने आवश्यकता रहेको बताए ।

बुटवल उपमहानगरका नगरप्रमुुख खेलराज पाण्डेले नेपाली सञ्चारमाध्यम र त्यसमा पनि समुदाय तहले सञ्चालन गरेका सञ्चारमाध्यमले सङ्कट भोगिरेहेको बताए । उनले जागरणले समुदायमा सञ्चारमाध्यममार्फत् सचेतना गर्ने काममा महत्वपूर्ण योगदान पुु¥याएको बताए ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ९ : ५६ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा