मेयर कपको उपाधि रत्ननगरलाई « Khabarhub

मेयर कपको उपाधि रत्ननगरलाई


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भरतपुर – चितवनमा सम्पन्न पालिकास्तरीय प्रथम मेयर कपको उपाधि रत्ननगर नगरपालिकाले जितेको छ । आज भएको फाइनल खेलमा माडी नगरपालिकालाई शून्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै आयोजक रत्ननगर नगरपालिकाले उपाधि जितेको हो ।

उपाधिसँगै रत्ननगरले एक लाख एक हजार ११ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको माडी नगरपालिकाले रु ५५ हजार पाँच सय ५५ पुरस्कार पाएको छ ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटा, उपमेयर यादवप्रसाद पाठक र खेलकुद विकास समितिका संयोजक कृष्ण चौधरीले पुरस्कारले विजयी टिमलाई शिल्ड तथा मेडल प्रदान गरे।

रत्ननगरलाई उपाधि जिताउन कुशल श्रेष्ठले एक गोल गर्नुभएको थियो । खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनलाई रु दुई हजार पाँच सय नगद पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा जिल्लाका सात पालिकाका सात टिमको सहभागिता रहेको खेलकुद विकास समितिका सदस्य सौगात भुजेलले जानकारी दिए।

समापन कार्यक्रममा पूर्वराष्ट्रिय खेलाडी सूर्यमान श्रेष्ठ, लेखनाथ घिमिरे, ललित थापा तथा बङ्गलादेशमा उत्कृष्ट खेल प्रदर्शन गरेका रत्ननगरका खेलाडी सुजता तामाङ र सुशीला केसीलाई सम्मान गरिएको छ ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  १० : २७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया