विश्वकप विजेताले कति पाउँछन् पुरस्कार ? « Khabarhub

विश्वकप विजेताले कति पाउँछन् पुरस्कार ?


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतार फिफा विश्वकप २०२२ को फाइनल आज आइतबार हुँदैछ। दोहास्थित लुसेल मैदानमा हुने फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। सन् १९३० बाट हरेक चार वर्षमा आयोजना भएको विश्वकपमा दुवै टोली दुई पटक च्याम्पियन भएका छन्।

अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी उचालेको थियो। यसैगरी फ्रान्सले सन् १९९८ र २०१८ उपाधि जितेको हो।

कतार विश्वकप खेलमात्रै हैन, यसबाट विजयी हुनेले ठूलो आर्थिक पुरस्कार रकम समेत प्राप्त गर्छन्। विश्वकपमा झन्डै ४४ करोड डलर पुरस्कारका छुट्ट्याइएको छ।

विजेताले ४ करोड २० लाख डलर पाउने फिफाले जनाएको छ। यसैगरी उपविजेताले ३ करोड डलर, तेस्रो हुनेले २ करोड ७० लाख  डलर र चौथो हुनेले २ करोड ५० लाख डलर प्राप्त गर्ने छन्।

क्वार्टरफाइनलसम्म पुग्ने टोलीले १ करोड ७० लाख डलर, अन्तिम १६ सम्म पुग्ने टोलीले १ करोड ३० लाख डलर र समूह चरणबाटै बाहिरिनेले बाँकी १६ टोलीले ९० लाख डलर पाउनेछन्।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ११ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै