आप्रवासीलाई सम्मान गर्न संयुक्त राष्ट्रसंघीय महासचिवको आग्रह « Khabarhub

आप्रवासीलाई सम्मान गर्न संयुक्त राष्ट्रसंघीय महासचिवको आग्रह


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले आप्रवासीहरुको संरक्षण र सम्मानका लागि आग्रह गरेका छन्। उनले विश्वमा आप्रवासीहरुको संरक्षण र सम्मानका लागि कुनै कार्यक्रमहरु नभएको देखिएकाले सो आग्रह गरेको बताएका हुन्।

विश्वमा अर्थतन्त्रको विकासका लागि आप्रवासीहरुको ठूलो योगदान रहेकाले यसको सम्मान गर्दै विश्वमा आप्रवासीहरुलाई विना कुनै भेदभाव सम्मान गर्नु पर्ने र उनीहरुको संरक्षणको खाँचो रहेको महासचिव गुटरेसले बताए।

विश्व आप्रवासन दिवसका अवसरमा उनले जारी गरेको सन्देशमा सो कुरा बताएका हुन्। उनले विश्वमा पछिल्ला वर्षहरुमा कुनै पनि देशको आन्तरिक द्वन्द्व तथा विविध कारणले आप्रवासीहरुको संख्यामा पनि बृद्धि भइरहेको जानकारी दिए।

विश्वमा कोरोना महामारीका कारण देखिएको समस्याले आर्थिक मन्दी ल्याएको र यसबाट काम गरेर खाने बर्गका आप्रवासीहरुमा पनि समस्या उत्पन्न भएको भन्दै अहिले विश्वका आप्रवासीहरुको समस्या समाधानका लागि सबै पक्ष लाग्नुपर्ने पनि बताए।

विश्वमा पछिल्ला वर्षहरुमा कुनै पनि देशको आन्तरिक द्वन्द्व तथा विविध कारणले आप्रवासीहरु देश छोडेर भाग्नुपर्ने अवस्था आएको र उनीहरु यस अर्को देशमा जाने क्रममा असुरक्षित यात्रा गर्न बाध्य भएकाले उनीहरुको सुरक्षाका लागि लाग्न पनि विश्वका देशहरुलाई आग्रह गरेका छन्।

उनले मानवीय सहायताका क्षेत्रमा काम गर्न र उनीहरुका हक अधिकारका लागि पनि सचेत रहन विश्वमा आप्रवासीहरु रहेका देशका सरकारहरुसँग आग्रह पनि गरे।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ११ : ५४ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान