आप्रवासीलाई सम्मान गर्न संयुक्त राष्ट्रसंघीय महासचिवको आग्रह « Khabarhub

आप्रवासीलाई सम्मान गर्न संयुक्त राष्ट्रसंघीय महासचिवको आग्रह


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले आप्रवासीहरुको संरक्षण र सम्मानका लागि आग्रह गरेका छन्। उनले विश्वमा आप्रवासीहरुको संरक्षण र सम्मानका लागि कुनै कार्यक्रमहरु नभएको देखिएकाले सो आग्रह गरेको बताएका हुन्।

विश्वमा अर्थतन्त्रको विकासका लागि आप्रवासीहरुको ठूलो योगदान रहेकाले यसको सम्मान गर्दै विश्वमा आप्रवासीहरुलाई विना कुनै भेदभाव सम्मान गर्नु पर्ने र उनीहरुको संरक्षणको खाँचो रहेको महासचिव गुटरेसले बताए।

विश्व आप्रवासन दिवसका अवसरमा उनले जारी गरेको सन्देशमा सो कुरा बताएका हुन्। उनले विश्वमा पछिल्ला वर्षहरुमा कुनै पनि देशको आन्तरिक द्वन्द्व तथा विविध कारणले आप्रवासीहरुको संख्यामा पनि बृद्धि भइरहेको जानकारी दिए।

विश्वमा कोरोना महामारीका कारण देखिएको समस्याले आर्थिक मन्दी ल्याएको र यसबाट काम गरेर खाने बर्गका आप्रवासीहरुमा पनि समस्या उत्पन्न भएको भन्दै अहिले विश्वका आप्रवासीहरुको समस्या समाधानका लागि सबै पक्ष लाग्नुपर्ने पनि बताए।

विश्वमा पछिल्ला वर्षहरुमा कुनै पनि देशको आन्तरिक द्वन्द्व तथा विविध कारणले आप्रवासीहरु देश छोडेर भाग्नुपर्ने अवस्था आएको र उनीहरु यस अर्को देशमा जाने क्रममा असुरक्षित यात्रा गर्न बाध्य भएकाले उनीहरुको सुरक्षाका लागि लाग्न पनि विश्वका देशहरुलाई आग्रह गरेका छन्।

उनले मानवीय सहायताका क्षेत्रमा काम गर्न र उनीहरुका हक अधिकारका लागि पनि सचेत रहन विश्वमा आप्रवासीहरु रहेका देशका सरकारहरुसँग आग्रह पनि गरे।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ११ : ५४ बजे

भोटेकोशी बाढी : शव पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया सुरु

काठमाडौं– भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले

बाढीपछि बागेश्वरी माविको सरसफाइमा नेपाली सेना

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षतिग्रस्त बागेश्वरी माध्यमिक

भोटेकोसी पहिरो : सडकको अवरोध हटाउँदै केरूङबाट १ किलोमिटर नजिक आइपुग्यो चिनियाँ टोली

तिब्बत- चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित ग्यिरोङ बन्दरगाहमा गत बुधबार आएको

भोटेकोशी बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग

काठमाडौं– आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित

चीन, इरान र रूससहितका नेता एससीओ शिखर सम्मेलनका लागि किर्गिस्तानमा

किर्गिस्तान– चीनका राष्ट्रपति सी जिनपिङ र इरानका राष्ट्रपति मसूद पेजेस्कियान