प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणामबाट अध्यक्ष लिङ्देन असन्तुष्ट  « Khabarhub

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणामबाट अध्यक्ष लिङ्देन असन्तुष्ट 


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन परिणाम आउने  बित्तिकै आफूले अध्यक्ष पदबाट राजीनामा दिन खोजेको बताएका छन् ।

पार्टीका तर्फबाट निर्वाचित सांसदहरूलाई बधाइ दिन सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले निर्वाचनको परिणामबाट आफू सन्तुष्ट नरहेको र परिणाम आउने बित्तिकै आफूले राजीनामा दिन खोजेपनि पार्टी भित्र छलफल गर्दा केही समस्या आउने देखेर पछि हटेको बताएका हुन् । उनले पार्टीले सोचेजस्तो परिणाम आउन नसक्नुको सम्पूर्ण जिम्मेवारी अध्यक्षको हिसाबले आफूले लिने उल्लेख गरे । लिङ्देनले अहिलेको मतपरिणामको मूल्याङ्कन गर्दा जनताले आशाको दृष्टिकोणले हेर्न थालेको भन्दै राप्रपालाई मुलुकको राष्ट्रिय पार्टी बनाएर आफ्ना मूल्य मान्यताहरू स्थापित गर्ने धारणा राखे ।

उनले आफूहरू मन्त्री खानका लागि कुनै नेताको घर नधाउने र कुनै पार्टीको पुच्छर बनेर नहिँड्ने बताए । सरकारमा गएर वा नगएर कसैलाई समर्थन गर्नुपरे कारण खुलाउने उनको भनाइ छ । यस्तै राप्रपाका नेता पशुपतिशमशरेर राणाले संसद्मा आफूहरूको उपस्थित बलियो ढंगले प्रस्तुत भए अर्को पटक राप्रपा तेश्रो शक्ति पुन कायम हुन सक्ने बताए । अहिलेको ढंगबाट चलेर नेपाल अगाडि बढ्न नसक्ने भन्दै उनले नेपाललाई अहिले हासिल भएको मौका अनुसार ठूला पार्टीमा काम गर्ने शक्ति नरहेको बताए । उनले नयाँ तवरबाट मुलुकलाई अघि बढाउने काम राप्रपाले संसदबाट देखाउने दावी गरे । 

उनले नेपाल राष्ट्रको तर्फबाट संसद्मा पुराना दलहरूलाई खबरदार गर्न राप्रपा आएकाले उक्त खबरदारी मामुली ढंगको नहुने जिकिर गरे ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १ : ३२ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४